दक्षिण अफ्रिकामा एकजना यात्रुलाई अवतरण गर्न लागिरहेको विमानको आपतकालीन ढोका खोलेको आरोप लागेको छ। तर विमान सुरक्षित रुपमा अवतरण भएको छ।
राजधानी सोलबाट दुई सय ४० किलोमिटर दक्षिणपूर्वमा अवस्थित डेगु विमानस्थलमा अवतरण गर्दै गरेको एसियाना एयरलाइन्सको विमानको आपतकालीन द्वार एकजना उद्दण्ड यात्रुले जबर्जस्ती खोलेको आरोप विमान कम्पनीले लगाएको हो।
निजले धावनमार्गबाट विमान दुई सय मिटरको उचाइमा रहेका बेला ढोका खोल्दा यात्रुलाई सास फेर्न गाह्रो भएको थियो।
विमान कम्पनीका अनुसार सास फेर्न गाह्रो भएका ती यात्रुलाई अस्पताल भर्ना गरिएको छ। मध्यआकाशमा विमानको आपतकालीन द्वार खोल्ने ती यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको दक्षिण कोरियाली समाचार समिति योनहापले जनाएको छ।रासस/एएफपी
जेठ १२, २०८०, शुक्रबार
प्रतिक्रिया