कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा आइतबार २ खेल हुँदै छन्।
ललितपुरको डर्बीमा रुस्लान थ्री स्टार र फ्रेन्ड्स तथा सरस्वती र ब्रिगेड ब्वाइज भिड्ने भएका हुन्।
आजको पहिलो खेलमा थ्री स्टार र फ्रेन्ड्स मैदान उत्रनेछन्। काठमाडौंको दशरथ रंगशालामा हुने खेल मध्याह्न १२ बजे सुरु हुनेछ।
लिगको छैठौं चरणमा दुई ललितपुरे टिम भिड्न लागेका हुन्।
लिगमा थ्री स्टारले तीन खेलमा जित, एक/एक खेलमा बराबर तथा हार भोग्दै अकं तालिकाको चौथो स्थानमा छ। फ्रेन्ड्स भने रेलिगेसन जोनमा छ। २ बराबरी र ३ खेलमा हार ब्यहोरेको फ्रेन्ड्स १३औं स्थानमा छ।
आजै हुने दोस्रो खेलमा पुछारमा रहेको टिम सरस्वती र ब्रिगेड ब्वाइजबीच खेल हुनेछ।
दोस्रो खेल दिउँसो ३ बजे सुरु हुनेछ। सरस्वती लिगमा पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ। सरस्वती अंक तालिकाको पुछारमा हुँदा ब्रिगेड आठौं स्थानमा छ।

प्रतिक्रिया