ad ad

खेल


बंगलादेशविरुद्ध नेपालले जित निकालेपछि (तस्बिरहरू)

बंगलादेशविरुद्ध नेपालले जित निकालेपछि (तस्बिरहरू)

तस्बिर : सरोज नेपाल


सरोज नेपाल
जेठ ९, २०८० मंगलबार २०:२७, काठमाडौँ

घरेलु मैदानमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा लगातार दोस्रो जित निकाल्दै आयोजक नेपाल एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।

एकपक्षीय खेलमा नेपालले बंगलादेशलाई २५–१०,२५–८ र २५–९ को सोझो सेटमा पाखा लगाउँदै अन्तिम चारमा स्थान पक्का गर्‍यो।

लगातार दोस्रो जित निकालेपछि नेपाल ६ अंक जोड्दै सेमिफाइनल पुगेको छ। समूह चरणको अन्तिम खेलमा भोलि नेपाल र भारतबीच प्रततिस्पर्धा हुनेछ। नेपाल र भारतबीचको खेलले समूह विजेताको टुङ्गो लाग्नेछ।

मंगलबार बंगलादेशलाई पराजित गरेपछि त्रिपेरेश्वरमा देखिएको रौनक तस्बिरमा:

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .