ad ad

खेल


ब्राइटनलाई हराउँदै न्यु क्यासलले बनायो शीर्ष चारमा रहने सम्भावना बलियो

ब्राइटनलाई हराउँदै न्यु क्यासलले बनायो शीर्ष चारमा रहने सम्भावना बलियो

नेपालखबर
जेठ ५, २०८० शुक्रबार ११:४९, काठमाडौँ

इङलिस प्रिमियर लिगअन्तर्गत बिहिबार राति भएको खेलमा ब्राइटन एन्ड होभ एल्बियनमाथि सानदार जित निकाल्दै न्यु क्यासल युनाइटेडले शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ। 

उता अंकतालिकाको छैटौँ स्थानमा रहेको ब्राइटनले पहिलोपटक युरोपा लिग छनोट खेल्ने सम्भावना जीवित राखेको छ। 

न्यु क्यासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा भएको खेलमा ब्राइटनलाई ४–१ को फराकिलो अन्तरले पाखा लगायो। 

खेलको २२औं मिनेटमा ब्राइटनका अन्डभको आत्मघाती गोलमा घरेलु टोलीले सुरुवाती अग्रता लिएको थियो। पहिलो हाफमो इन्ज्युरी समयको चौथो मिनेटमा बर्नले गोल गर्दै घरेलु टोलीलाई २–० को अग्रता दिलाए। 

तर खेलको ५१औं मिनेटमा अन्डभले गोल गर्दै ब्राइटनलाई २–१ को स्थितिमा ल्याए। खेलको ८९औं मिनेटमा विल्सनको गोलमा घरेलु टोली ३–१ को अवस्थामा आयो। खेलको इन्ज्युरी समयमा विल्सनको पासमा ब्रुनोको गोलमा न्यु क्यासलले ४–१ को फराकिलो जित निकाल्यो। 

न्यु क्यासललाई शीर्ष चारमा रहन लिगका बाँकी दुई खेलमध्ये एक खेलमा जित निकाले पुग्नेछ। 

ब्राइटनविरुद्ध जितपछि न्यु क्यासलका म्यानेजर इडि होवेले भने, ‘च्याम्पियन्स लिग धेरै नजिक छ, तर धेरै टाडा पनि। हामी अब अर्को खेलमा केन्द्रित हुनेछौँ।’

रेलिगेसनको खतरामा रहेको लेस्टर सिटीविरुद्ध घरेलु मैदानमा हुने खेलले दुई दशकमा पहिलोपटक न्यु क्यासलले च्याम्पियन्स लिगको ग्यारेन्टी गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .