ad ad

खेल


सरु र रेनुकाको किकस्टार र एञ्जिालाको सेथु सेमिफाइनलमा भिड्ने

सरु र रेनुकाको किकस्टार र एञ्जिालाको सेथु सेमिफाइनलमा भिड्ने

नेपालखबर
जेठ २, २०८० मंगलबार २१:५४, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा र मिडफिल्डरद्धय सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टार एफसी सेमिफाइनल मै भिड्ने भएका छन्। 

सेमिफाइनल खेल शुक्रबार हुनेछ। 

मंगलबार बिहान भएको पहिलो क्वार्टरफाइनलमा किकस्टारले होप्स फुटबल क्लबलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ। 

आजै भएको अर्को सेमिफाइनलमा एञ्जिालको सेथुले इष्ट बंगाल एफसीलाई ९–० को फराकिलो अन्तरले पाखा लगाउँदै किक स्टारसँगको भेट पक्का गरेको हो। 

यसअघि समुह चरणमा भएको भेटमा सेथु र किकस्टारले बराबरी गर्दै अंक बाँडेका थिए। 
अर्को सेमिफाइनलमा नेपाली टोली कै मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा सम्मिलित गोकुलम केरला एफसीले इष्र्टन स्पोर्टिङ युनियनसँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .