ad ad

खेल


आइ लिगको क्वार्टरफाइनल समीकरण पूरा, अनिताको टोली बाहिरियो

आइ लिगको क्वार्टरफाइनल समीकरण पूरा, अनिताको टोली बाहिरियो

नेपालखबर
बैशाख ३१, २०८० आइतबार १४:२९, काठमाडौँ

भारतीय महिला लिगको क्वार्टरफाइनल समिकरण पूरा भएको छ। क्वार्टरफाइनलका खेलहरु मंगलबार हुनेछन्। 

आइ लिगको पहिलो क्वार्टरफाइनल खेलमा नेपाली टोलीका सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टार एफसी कर्नाटकले होप्स् फुटबल क्लबसँग खेल्नेछ। सोही समयमा रेखा पौडेल सम्मिलित स्पोर्टस् ओडिसाले इष्र्टन स्पोर्टिङ युनियनसँग खेल्ने तालिका छ। 

सोही दिन सावित्रा भण्डारी सम्मिलित गोकुलम केरला एफसीले ओडिसा एफसीसँग खेल्नेछ। सोही समयमा एञ्जिलाको टोलीले इष्ट बंगाल एफसीसँग खेल्ने तालिका छ। 

आइ लिगमा समुह ए बाट साम्बा सम्मिलित गोकुलम केरला एफसीले समुह चरणमा १९ अंक जोड्दै समुह विजेताको रुपमा अन्तिम ८ मा पुगेको हो। नेपाली टोलीकै अर्की खेलाडी रेखा पौडेल सम्मिलित स्पोर्टस् ओडिसा १३ अंक जोड्दै समुह उपविजेताको रुपमा अन्तिम ८ मा पुगेको हो। 

समूह ए बाट इष्ट बगांल एफसी र होप्स फुटबल क्लब शीर्ष चारमा रहँदै क्वार्टरफाइनलमा पुगेको हो। 

समूह बी बाट एञ्जिलासम्मिलित सेथुले १७ अंक जोड्दै समूह विजेताको रुपमा अन्तिम ८ मा पुगेको हो। यस्तै नेपाली टोली कै सरु र रेनुका सम्मिलिगत किकस्टार एफसी कर्नाटक १६ अंकमा समुह उपविजेता बन्दै अन्तिम ८ मा पुगेको हो। 

समूह बी बाट ओडिसा एफसी र इष्र्टन स्पोर्टिङ युनियनले शीर्ष चारमा रहँदै क्वार्टरफाइनलमा स्थान बनाए। 

नेपाली टोली कै अनिता बस्नेत सम्मिलित लर्डस् एफ ए कोची भने समूह चरणबाटै बाहिरियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .