जीवनशैली


सानै उमेरमा किन फुल्छ कपाल?

सानै उमेरमा किन फुल्छ कपाल?

नेपालखबर
बैशाख ३१, २०८० आइतबार १४:५५, काठमाडौँ

उमेर ढल्कँदै जाँदा कपाल फुल्नुलाई समान्य मानिन्छ। तर आजभोलि सानै उमेरमा पनि कपाल फुलेको देखिन्छ। ‘सानै उमेरमा कस्तो बुढ्यौली’ भन्दै समाजमा पटक पटक सामना गर्नुपर्ने प्रश्नले धेरैलाई मानसिक समस्यामा समेत हुने गरेको छ। 

जब कपाल कालो राख्ने कोशिका कमजोर हुँदै जान्छन् त्यतिबेला कपाल सेतो हुन थाल्ने विज्ञहरू बताउँछन्। 

सामन्यतयाः उमेर जतिजति बढ्दै जान्छ त्यतिनै कपालको रंगमा ह्रास आउँदै जान्छ र कपाल सेतो हुँदै जान्छ।  जसलाई स्वभाविक नै मानिन्छ।

तर १८–१९ वर्षमै कपाल फुल्नुलाई भने सामान्य मान्न सकिँदैन। यसका धेरै कारणह छन्।

मेलानोसाइटिस् सेल्सले हाम्रो कपाललाई कालो बनाउँन मद्दत गर्छ तर यसमा ह्रास आयो भने कपालको रंग सेतो हुँदै जान्छ।

कपाल फुल्ने कारण
आमा बुबाको कपाल चाँडै फुलेको छ भने छोराछोरकिो कपाल पनि चाँडै फुल्न थाल्छ। अर्को भनेको बदलिँदो जीवशैलीका कारण पनि सानै उमेरका बालबालिकामा यो समस्या बढ्ने गरेको हुन्छ।

मोटोपन समस्या भएकाहरूमा पनि कपाल फुल्ने समस्या देखिरहेको छ। मध्यपान तथा धुम्रपानको अधिक सेवन गर्नेहरूमा पनि चाँडै कपाल फुल्छ।

मुटु, फोक्सो, मिर्गौला, पेट र मानसिक तनावका कारण पनि छिटो कपाल फुल्न सक्छ। र कपालमा  रासायनिक पदार्थको प्रयोग र प्रदूषणका कारण सानै उमेरमा कपाल फुल्ने समस्या बढिरहेको छ।

त्यस्तै, पोषणको कमिले र भिटामिन–डी भिटामिन–बी १२, आइरन र क्याल्सियमको कमीले पनि समयभन्दा अघि कपाल फुल्छ।

बच्ने उपाय
-कपालमा जथाभावी कलर नलगाउने
-सन्तुलित खानपानमा ध्यान दिने
-मद्यपान र धुम्रपान नगर्ने
-भिटामिन बी १२, आइरन, कपर, आयोडिन आदिको कमी हुन नदिने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .