ad ad

खेल


प्रशिक्षण लिन सुवास तामाङ अस्ट्रेलिया प्रस्थान

प्रशिक्षण लिन सुवास तामाङ अस्ट्रेलिया प्रस्थान

नेपालखबर
बैशाख ३०, २०८० शनिबार १३:३२, काठमाडौँ

नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङ एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिप (एएसी) ले सञ्चालन गर्ने एएसी एकेडमी प्रशिक्षणमा‌ सहभागी हुन शनिबार अस्ट्रेलिया प्रस्थान गरेका छन्। 

नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले सुवासलाई शुभकामनासहित बिदाइ गरे।

सुवास जेठ १ देखि ५ गतेसम्म मेलबर्नमा आयोजना हुने विशेष प्रशिक्षणमा सहभागी हुनेछन्। सुवास हाल विश्व एमेच्योर गल्फ वरीयतामा १८९औं स्थानमा छन्। 

मेलबर्नमा उनले विज्ञहरुबाट सञ्चालन हुने गल्फ, खेल विज्ञान, फिटनेसलगायत सेसनमा भाग लिनेछन्।

आगामी अक्टोबरमा रोयल मेलबर्न‌ गल्फ क्लबमा आयोजना हुने एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिप तयारीका लागि खेलाडीहरुलाई विशेष प्रशिक्षण दिन एएसी एकेडमी आयोजना गरिएको जनाइएको छ। 

अक्टोबर २६ देखि २९ सम्म रोयल मेलबर्न‌ गल्फ क्लबमा आयोजना हुने प्रतियोगितामा सुवास र सद्‌भाव आचार्यले नेपालको प्रतिनिधित्व गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .