ad ad

समाज


भारतका बौद्ध धर्मगुरु ताइसितुपा रिन्पोछे तीन दिने नेपाल भ्रमणमा

भारतका बौद्ध धर्मगुरु ताइसितुपा रिन्पोछे तीन दिने नेपाल भ्रमणमा

नेपालखबर
बैशाख ३०, २०८० शनिबार १४:७, काठमाडौँ

भारतका बौद्ध धर्मगुरु ताइसितुपा रिन्पोछे तीन दिने नेपाल भ्रमणमा आएका छन्। 

उनी तीन दिने नेपाल भ्रमणमा आएका हुन्। उनी बौद्ध धर्म अन्तर्गत कग्यु समुदायका १२औं अवतारी धर्मगुरु छन्। 

उनी नेपालको बौद्धस्थित ठाङ्गु टासी छोलिङ्ग गुम्बाका प्रमुख धर्मगुरु ९० वर्षीय ठङ्गु रिम्पोछेको स्वास्थ्य अवस्था बुझ्न शुक्रवार नेपाल भ्रमणमा आएका हुन्। 

उनी भारतस्थित काँगडाको हिमाञ्चल प्रदेशबाट नेपाल आउनुभएको बौद्धनाथ क्षेत्र विकास समितिका पूर्व अध्यक्ष सम्पूर्णकुमार लामाले बताए। 

उनका अनुसार रिन्पोछेले वि.सं. २०७२ को महाभूकम्पमा परी क्षति भएको बौद्ध स्तुपाको पुनः सिनर्माणमा सहयोग गरेका थिए। 

नेपाल भ्रमणका क्रममा उनले बौद्ध धर्म गुरुहरुसँग भेटघाट र नेपालका बौद्ध गुम्बाहरुको भ्रमण गर्ने कार्यक्रम रहेको बताए।

‘भारतस्थित काँगडाको हिमाञ्चल प्रदेशबाट नेपाल आउनुभएको हो। उहाँ हाम्रा परमपुजनीय धर्मगुरु ताइसितुपा रिन्पोछे, १२ औं अवतारी आउनुभएको हो,’ उनले भने, ‘उहाँ यहाँका धर्मगुरु ठंगु रिन्पोछेलाई भेट्न आउनुभएको। यहाँका गुरु बिरामी हुनुहुन्छ। बौद्धमा आउँदा हामी खुशी छौँ। उहाँले २०७२ को भूकम्पमा पनि बौद्ध स्तुपा पुनः निर्माणका लागि धेरै ठूलो सहयोग गर्नुभएको थियो।’

बौद्धगुरु रिन्पोछे २८ वर्षपछि नेपाल आएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .