खेल


२०२३ को बजेट परिमार्जनसहित पारित गर्ने एन्फाको आपतकालिन बैठकको निर्णय

२०२३ को बजेट परिमार्जनसहित पारित गर्ने एन्फाको आपतकालिन बैठकको निर्णय

नेपालखबर
बैशाख २५, २०८० सोमबार १९:१०, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा)को आपतकालिन बैठकले २०२३ को बजेट परिमार्जनसहित ६७ करोड ८ लाख १५ हजार २ सय २९ रुपैयाँ पारित गरेको छ।

सोमबार बसेको आपतकालिन बैठकले फिफाको सहयोगमा प्राप्त हुने फिफा फरवार्ड २.०को प्रोजेक्ट फन्डिङको बजेट अपरेशन शिर्षकमा रहेको बजेट रकमान्तरण गर्न फिफालाई अनुरोध गर्ने निर्णय गरेको छ। 

यस्तै, फिफा फरवार्ड ३.० को (२०२३-२६) सम्म चल्ने प्रोजेक्ट फन्डिङको सिएओ पारित गरि रणनितिक प्लानलाई पुनरावलोकन गर्ने निर्णय गरेको छ। 

मिसन वुमन्स फिफा विश्वकपका लागि टिकट खरिद गर्ने निर्णय गर्ने निर्णय गरेको छ। यस्तै मिसन फिफा महिला विश्वकप २०२७-२०३१ मा का लागि उपाध्यक्ष दिपक खतिवडाको संयोजकत्वमा पेमा लामा र सरिला श्रेष्ठ सदस्य रहनृ गरि समिति निमार्ण गरेको छ। 

आपतकालिन समितिका सदस्य दिपक नारायण श्रेष्ठले दिएको राजिनिमा स्वीकृत गरी उनको स्थानमा दिपक खतिवडालाई मनोनयन गरेको छ। 

यस्तै, एन्फा अन्तर्गत स्थानिय सरकार तथा सरोकारवालाहरुसँगको सहकार्यमा न्युनतम ३ वटा महिला एकेडेमी, २ वटा पुरुष र ६ वटा क्लवहरुले सञ्चालन गरेको एकेडेमी निरन्तर सञ्चालन गर्ने निर्णय गरेको छ। 

लिग कमिटिको संयोजकत्वमा विराटजंग शाहीलाई मनोनयन गरिएको छ। सोमबारको आपतकालिन बैठक आर्थिक सम्बन्धमा केन्द्रीत भएको छ।

बैठकमा उपाध्यक्ष कुमार केसी, सदस्यद्धय अनिल मल्ल र मणिराज विष्ट अनुपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .