नेपाल धितोपत्र बोर्डले सेयर बजारका लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधान विरुद्ध मुद्दा हालेको छ।
बोर्डले बैशाख २५ गते प्रधान विरुद्ध काठमाडौं जिल्ला अदालतम मुद्दा दायर गरेको हो।
प्रधानले आफू सञ्चालक रहेको कम्पनीबाट हटेको एक वर्ष नपगी सेयर कारोबार गरेको आरोप बोर्डले लगाएको छ।
उनले बोर्डको कानुन विपरिद आफ्ना परिवारका सदस्यहरूको नाममा सेयर खरिद बिक्री गरी अनुचित लाभ लिएको भन्दै बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९८ को खण्ड क अनुसार कसुर गरेको पुष्टि भएपछि मुद्दा दायर गरेको बोर्डका एक अधिकारीले बताए।
45
Shares
प्रतिक्रिया