खेल


साम्बा र करण बने वर्ष उत्कृष्ट खेलाडी, क्रिकेटकै सुवास उदियमान

साम्बा र करण बने वर्ष उत्कृष्ट खेलाडी, क्रिकेटकै सुवास उदियमान

नेपालखबर
बैशाख २३, २०८० शनिबार १८:२८, काठमाडौँ

नेपाली राष्टिय क्रिकेट टोलीका अलराउण्डर करण केसी र राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा वर्ष उत्कृष्ट खेलाडी बनेका छन्। 

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा भएको सातौं पोखरा स्पोर्टस् अवार्डमा करण र साम्बा वर्ष उत्कृष्ट खेलाडी बनेका हुन्। 

राष्टिय टोलीका करण केसीले भर्खरै सम्पन्न एसीसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतविरुद्ध पाँच विकेट लिएका थिए। करणले ४.३ ओभरमा १ मेडन राख्दै १० रन खर्चेका थिए। 

करणसँगै वर्ष पुरुष खेलाडीको मनोनयनमा करणसँगै आर्चरीका गंगाबहादुर कुवँर र टेनिसका प्रदीप खड्का थिए।  

वर्ष खेलाडी विजेता साम्बा नेपाल एफीएफ क्लबमा आवद्द छिन्। 

व्यवसायिक लिगका लागि हाल भारतमा रहेकी साम्बा गोकुलम केराला एफसीमा आवद्ध छिन्। साम्बाले भारतीय महिला लिगमा ५ खेलमा १५ गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन्।

वर्ष खेलाडी महिलातर्फ फुटबलकी सावित्रा भण्डारी, आर्चरीकी रोजीना थापा मगर र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर मनोनयनमा परेका थिए। 

वर्षखेलाडी बनेसँगै करण र साम्बाले टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटर हात पारे। 

पोखरा सभागृहमा शनिबार भएको स्पोर्टस् अवार्डमा उदीयमान खेलाडीको अवार्ड क्रिकेटकै सुवास भण्डारीले पाए। उदीयमान खेलाडीमा सुवासँगै फुटबलका सुमित श्रेष्ठ र भलिबलका रवि केसी मनोनयमा परेका थिए। 

उदीयमान खेलाडी सुवासले ३५ हजार रुपैयाँ पाए। 

वर्ष प्रशिक्षकको अवार्ड आर्चरीका किशोर कुमार गुरुङले हात पारे। वर्ष उत्कृष्ट प्रशिक्षकमा आर्चरीका किशोर कुमार गुरुङ, लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार मनोनयमा परेका छन्। 

उत्कृष्ट खेल संघबाट कास्की जिल्ला हयाण्डबल संघ सम्मानित भएको छ। वर्ष उत्कृष्ट खेल पत्रकारबाट सागरराज तिमिल्सिना सम्मनित भए। 

उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक र संघका विजेताले जनही ३५ हजार रुपैयाँ र ट्रफी पाए। 

यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्डबाट बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानीलाई सम्मानित भए। मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरियो। 

स्पोर्टस् अवार्डमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा गत असोज ३० गते निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै कीर्तिशेष सम्मान गरियो। कार्यक्रममा निसिमकी आमालाई सम्मान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .