खेल


२३ रन जोड्दै नेपालले गुमायो ३ विकेट

२३ रन जोड्दै नेपालले गुमायो ३ विकेट

तस्बिर: सरोज नेपाल


नेपालखबर
बैशाख १९, २०८० मंगलबार १०:१३, काठमाडौँ

एसीसी प्रिमियर कपको फाइनलमा नेपालले तीन विकेट गुमाएको छ। 

दोस्रो ओभरको दोस्रो बलमा कुशल भुर्तेल १ रन बनाएर आउट भए। कुशल रोहन मुस्तफाको बलमा एलबीडब्लु धरापमा पर्दै पवेलियन फर्केका थिए। 

सातौँ ओभरको पहिलो बलमा आशिफ शेख ८ रनमा आउट भए। आशिफ अफ्जाल खानको बलमा एलबीडब्लु धरापमा परे। 

एसीसी प्रिमियर कपको फाइनलमा कप्तान रोहित पौडेल १ रनमा बोल्ड आउट भए। रोहित ७.६ ओभरमा रोहन मुस्तफाको बलमा बोल्ड आउट भए।

नेपालले आठ ओभरको सामाप्तीमा ३ विकेट गुमाएर २२ रन बनाएर खेलिरहेको छ। क्रिजमा गुलसन झा १२ र भीम सार्की शुन्य रनमा नटआउट छन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले ११८ रनको लक्ष्य दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .