ad ad

खेल


यूएईले गुमायो ५ विकेट, सन्दीपद्वारा मुस्तफा आउट

यूएईले गुमायो ५ विकेट, सन्दीपद्वारा मुस्तफा आउट

नेपालखबर
बैशाख १८, २०८० सोमबार १०:१८, काठमाडौँ

एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा नेपालले यूएईको ५ विकेट लिएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले १३.१ ओभरको खेल सकिँदा ५ विकेट गुमाउँदै ५१ रन जोडेको छ। 

सन्दीप लामिछानेले रोहन मुस्तफालाई कुशल मल्लको हातबाट क्याचआउट गराएका हुन्।

यसअघि घरेलु टोलीका करण केसीले दुई तथा सोमपाल कामी र ललित राजवंंशीले एक/एक विकेट लिए।

सोमपाल कामीले चौथो ओभरको पहिलो बलमा ओपनर मुहम्मद वसिमलाई ललित राजवंशीको हातबाट क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .