ad ad

खेल


वर्ल्डलिंकद्वारा सन्दीपलाई १ लाख नगदसहित सम्मान

वर्ल्डलिंकद्वारा सन्दीपलाई १ लाख नगदसहित सम्मान

सन्दीपलाई नगद एक लाखको चेक हस्तान्तरण गर्दै वर्ल्ड लिंकका सीईओ केशव नेपाल। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
बैशाख १४, २०८० बिहिबार १५:४९, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेलाई इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले सम्मान गरेको छ।

एक दिवसीयतर्फ सबैभन्दा छिटो १ सय विकेट लिएकोमा बधाई दिँदै वर्ल्डलिंकका सीईओ केशव नेपालले सन्दीपलाई १ लाख नगदसहित सम्मान गरेका हुन्। 

राष्ट्रिय क्रिकेट टोलीका स्पिनर समेत रहेका लामिछानेले एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको खेलमा एक विकेट लिएसँगै दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा गराएका थिए। 

सन्दीपलाई पुरुस्कृत गर्दै वर्ल्डलिङ्कका सीईओ केशव नेपाल। तस्बिर : सरोज नेपाल/नेपालखबर

कतार र नेपालबीचको खेल सकिएपछि मैदानमा वर्ल्डलिंकका सीईओ नेपालले उनलाई नगदसहित सम्मान गरेका हुन्। 

सन्दीपले ४२ खेलमा १ सय विकेट लिँदै विश्व रेकर्ड बनाएका हुन्। 

यसअघि ओडीआईमा सर्वाधिक छिटो सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो। रसिदले ४४ खेलमा सय विकेट लिएका थिए।

सन्दीप लामिछाने। तस्बिर : सरोज नेपाल/नेपालखबर

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .