ad ad

खेल


टर्किस एयरलाइन्सले नेपालमा गल्फ प्रतियोगिता गर्दै

टर्किस एयरलाइन्सले नेपालमा गल्फ प्रतियोगिता गर्दै

नेपालखबर
बैशाख १३, २०८० बुधबार १५:३२, काठमाडौँ

टर्किस एयरलाइन्सले नेपाली गल्फ खेलाडीलाई पनि विश्वकै ठूलो आमचर गल्फ प्रतिस्पर्धामा सहभागी हुन निम्तो दिएको छ। 

बितेका वर्षहरुमा पनि टर्किस एयरलाइन्सले विश्वका टप गल्फकोर्समा खेल्न सहभागीलाई निम्त्याउँदै आएको छ। तिनमा रोयल बर्कडेल, २०१७ ब्रिटिस ओपन च्याम्पियनसिप भेन्यु र राइडर कप भेन्यु ग्लेनिगल्स, एडिनबर्ग, द के क्लब डब्लिन र पेरिस ली गल्फ नेशनल (२०१८) चर्चित छन्। 

एयरलाइन्सले यसपटक ५७ देशमा ८५ क्लालिफाइङ प्रतिस्पर्धा गराउन लागेको हो। तिनका विजेताहरुले टर्किस एयरलाइन्स वर्ल्ड गल्फ कपको ग्रान्ड फाइनलमा सिधै प्रवेश पाउनेछन्। 

उक्त फाइनल टर्कीको एन्टाल्यामा रहेको ग्लोरिया सिरिनिटी रिसोर्टमा डिसेम्बरमा आयोजना हुनेछ। 

टर्किस एयरलाइन्सका प्रमुख बजार अधिकृत (सीएमओ) अहमत अलमुस्तुरले टर्किस एयरलाइन्स वर्ल्ड गल्फ कपलाई विस्तार गर्न पाउँदा खुसी लागेको बताए। 

उनले अन्तर्राष्ट्रिय खेल संगठनहरुसँग सहयोग र सहकार्य गर्न टर्किस एइरलाइन्स प्रतिबद्ध रहेको बताए। 

यता काठमाडौंमा एयरलाइन्सका जनरल मेनेजर सेर्कान बासरले यो इभेन्ट काठमाडौंमा पनि गर्न पाएकोमा खुसी व्यक्त गरे। उनले सन् २०१९ मा धेरै प्रतिस्पर्धीलाई एन्टाल्यामा स्वागत गर्न पाएकोमा गर्वान्वित भएको समेत बताए। 

यो वर्षको प्रतियोगितालाई ग्लोरिया होटल्स रिसोर्ट र रक एन्ड मलले सहयोग गरेका छन्। 

स्काईट्राक्सले युरोपकै उत्कृष्ट एयरलाइन्सको मान्यता दिएको टर्किस एयरलाइन्सले खेल क्षेत्रलाई पनि उत्तिकै सहयोग गर्दै आएको छ। यूईएफए च्याम्पियन्स लिगको एकमात्र प्रायोजक यही एयरलाइन्स रहेको छ। 

फुटबलबाहेक कम्पनीले अन्य धेरै खेललाई सहयोग गर्दै आएको छ। आफ्नो आठ वर्षे दौडानमा टर्किस एयरलाइन्स वर्ल्ड गल्फ कपले विश्वभर टर्किस आतिथ्यको थप पहिचानलाई योगदान गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .