साताको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९०० विन्दु तल ओर्लिएको छ।
आज नेप्से परिसूचक १३.६८ प्रतिशतले घट्दा १८९२ विन्दुमा ओर्लिएको हो ।
घटेको बजारमा ८४ करोडको कारोबार भएको छ। यस दिन कारोबारमा आएका २६४ कम्पनीहरुमध्येमा ४० कम्पनीको सेयरमूल्य बढेको छ भने १७२ कम्पनीको घटेको छ।
आज नेप्सेमा शिवम सिमेन्ट कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज शिवम् सिमेन्टको ७ करोड १ लाख रुपैयाँको कारोबार भएको छ।
आज नेप्सेमा जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक ३.२५ प्रतिशतले बढेर प्रतिकित्ता सेयरमूल्य ९२१ रुपैयाँ पुगेको छ।
सर्वाधिक गुमाउनेमा भने तारागाँउ रेजिन्सी होटल रहेको छ। आज तारागाउँ रिजेन्सी सेयरमूल्य ७.११ प्रतिशतले घटेको छ।
30
Shares
प्रतिक्रिया