खेल


साउदी अरेबियासँगको खेल रद्द, नेपाल सेमिफाइनलमा

साउदी अरेबियासँगको खेल रद्द, नेपाल सेमिफाइनलमा

मूलपानी मैदानमा नेपाली क्रिकेटरहरु। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
बैशाख ११, २०८० सोमबार १२:३६, काठमाडौँ

एसीसी प्रिमियर कपअन्तर्गत आज हुने भनिएको घरेलु टोली नेपाल र साउदी अरेबियाको खेल रद्द भएको छ।

निरन्तर पानी परेपछि टस हुन नसकेको अवस्थामा खेल रद्द गरिएको हो। वर्षाका कारण मैदान भिजेकाले खेल रद्द गरिएपछि नेपाल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ। 

माथिल्लो मूलपानी मैदानमा हुने भनिएको खेलमा नेपाल साउदीलाई हराउँदै सेमिफाइनलमा पुग्ने तयारीमा थियो। तर खेल रद्द भएपछि नेपाल पाँच अंकसहित सेमिफाइनल पुगेको हो। 

खेल रद्द भएपछि दुवै टोलीले अंक बाँडेका छन्। नेपाल समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। नेपालले समूह चरणको अन्तिम खेल अब कतारसँग खेल्ने छ।

समूह ए मा रहेको नेपाल २ खेलमा ४ अंक जोड्दै शीर्ष स्थानमा थियो। खेल रद्द भएपछि ५ अंकसहित नेपालले सेमिफाइनल यात्रा तय गरेको हो। 

उता साउदी भने एक खेलमा जित र एक खेलमा हार भोग्दै २ अंकसहित चौथो स्थानमा छ। खेल रद्द भएपछि उसले पनि १ अंक थपेर ३ बनाएको छ। 

नेपालले समूह चरणको पहिलो खेलमा मलेसियालाई ६ विकेट र दोस्रो खेलमा ओमानलाई ८४ रनको फराकिलो अन्तरले हराएको थियो। 

साउदी पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित हुँदा दोस्रो खेलमा कतारलाई ७ विकेटले पाखा लगाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad