ad ad

कला


‘एउटा सपनाको अवसान’ नाटक हेर्न पाउनुभएन? बुधबारसम्म लम्बियो मञ्चन

‘एउटा सपनाको अवसान’ नाटक हेर्न पाउनुभएन? बुधबारसम्म लम्बियो मञ्चन

नेपालखबर
बैशाख ११, २०८० सोमबार १२:४४, काठमाडौँ

दर्शकले नाटक हेर्न नपाएको गुनासो गरेपछि ‘एउटा सपनाको अवसान’को मञ्चन तीन दिन लम्ब्याइएको छ। निर्माता गोविन्द पराजुलीका अनुसार धेरै दर्शक टिकट नपाएर फर्केको देखेपछि नाटक थप तीन दिन जारी राख्ने निर्णय गरिएको हो। अब नाटक सोमबारदेखि बुधबारसम्म  मञ्चन गरिनेछ। नाटकको नियमित मञ्चन आइतबार सकिएको थियो। 

‘थुप्रै दर्शकले नाटक हेर्न पाइएन भनेर गुनासो गरेको देख्यौँ। केही त घन्टौँ कुरेर पनि टिकट नपाउँदा फर्कनुपरेको छ। सकभर सबैलाई देखाऊँ भन्ने मनसायले तीन दिन थप्ने निर्णय गरेका छौँ,’ निर्माता गोविन्द पराजुलीले भने, ‘ठूलो सेट र ठूलो कलाकारको समूह दोहोर्‍याएर जुटाउन गाह्रो छ। त्यसैले जुटेकै समयमा सोमबारको बिदामा पनि नाटक मञ्चन गर्ने निर्णय गरेका छौँ। आशा छ- यो तीन दिनमा हेर्न चाहने सबैले नाटक हेर्न पाउनुहुनेछ।’

गोविन्दले अन्तिम दिन अर्थात् बुधबार १ बजे र ५ बजे गरी दुई सो मञ्चन हुने र योसँगै नाटक मञ्चनले बिट मार्ने जानकारी गराए। 

नाटकले सपनाको आकर्षणले मानिसलाई  यन्त्रमा रुपान्तरण गर्ने र मानिस अधुरा आकांक्षा र सपनासँग जीवन त्याग गर्न बाध्य हुने कथा प्रस्तुत गर्छ। 

अनुप बरालको निर्देशनमा बनेको ‘द डेथ अफ सेल्सम्यान’ को नेपाली अनुवादमा शेखर चापागाईं, दिव्यदेव, दिया मास्के, मेनुका प्रधान, उत्पल झा, विकास जोशी, रोयदीप श्रेष्ठ आदि कलाकारको अभिनय छ।

नाटक चैत १० गते सुरु भएको थियो। नाटकलाई एक्टर्स स्टुडियो र मण्डला थिएटरसँगको सहकार्यमा गोविन प्रोडक्सनका लागि गोविन्द पराजुलीले निर्माण गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .