ad ad

खेल


ओमानविरुद्ध नेपाल ८४ रनले विजयी

ओमानविरुद्ध नेपाल ८४ रनले विजयी

नेपालखबर
बैशाख ८, २०८० शुक्रबार १६:४१, काठमाडौँ

एसिसी प्रिमियर कपअन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ८४ रनले विजयी भएको छ।

नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमान अन्तिम विकेट खेल्नुअगाडि नै पराजित भएको हो।

४६.३ ओभरको खेल सकिँदा ओमान ९ विकेट गुमाएको ओमानका अकिब इलियास रिटायर्ड आउट भएपछि नेपाल विजयी भएको हो।

जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा २ सय २६ रनमा अल आउट भयो।

घाइते हुँदा अकिब इलियास ब्याटिङमा नआउँदै रिटायर्ट आउट भएका थिए।

अकिब ओमानका प्रमुख ब्याटर हुन्। उनले तेस्रो नम्बरमा ब्याटिङ गर्ने गर्दछन्।

तर चोटका कारण उनी सुरुवातदेखि नै ब्याटिङमा आएका थिएनन्। पछि क्रिजमा नआई उनी रिटायर्ट आउट भएपछि नेपाल विजयी भएको हो।

उनी रिटायर्ड आउट हुनुअघि ओमान ९ विकेटको क्षतिमा २२६ रनको अवस्थामा पुगेको थियो।  

२१ बल बाँकी रहेको अवस्थामा ओमानका अकिबले खेल्न नसक्ने बताएसँगै नेपालले जित निकालेको हो। 

ओमानलाई धराशायी बनाउने क्रममा नेपाली स्पिनर सन्दीप लामिछानेले कसिलो बलिङ गरे।

एकपछि अर्को विकेट गुमाएपछि ओमानको स्कोर खुम्चिँदै  गएको थियो। 

ओमानका लागि ओपनरहरु जतिन्दर सिंह र कश्याप प्रजापतिले ४.३ ओभरमा ३२ रनको साझेदारी गरेका थिए। तर ललित राजवंशीले जतिन्दर सिंहलाई बोल्ड गरे।

अर्कातिर सन्दीप लामिछानेले १३ औँ ओभरको तेस्रो बलमा आदिल शफिकलाई एलबीडब्लू धरापमा पारे। यससँगै ओडीआईमा सबैभन्दा छिटो सय विकेट लिने रेकर्ड पनि उनले लेखाए। 

सन्दीपले ४२ खेलमा १ सय विकेट पूरा गरे। यो रेकर्ड यसअघि अफगानिस्तानका राशिद खानले राखेका थिए। उनले ४४ खेलमा १ सय विकेट लिएका थिए। 

त्यसैगरी उक्त ओभरको अन्तिम बलमा सन्दीपले ओमानका कप्तान जिशान मकसुदलाई शून्यै पबेलियन फर्काए। 

त्यसपछि १४ औँ ओभरको पहिलो बलमा ओपनर सन्दीपले कश्याप प्रजापतिलाई एलबीडब्लू धरापमा पारे। 

पराजित ओमानका मोहम्मद नदीमले ८४ बलमा ७ चौका र १ छक्कासहित ६५ रन जोडे। त्यसैगरी सन्दीप गौडले ४६ रन बनाए।  

नेपालका दीपेन्द्रसिंह ऐरीले गौडलाई सोमपाल कामीको हातबाट क्याच गराए। करण केसीको बलमा रोहित पौडेलले नदिमलाई क्याच गराएपछि खेल नेपालको पक्षमा गयो।

त्यसअघि आयन खान २९, फैयज बट १९ र कलिमुल्लाह २ रनमै आउट भए। नेपालका लागि सन्दीपले ८ ओभरमा ४५ रन दिएर ३ विकेट झारे।

करणले ८.३ ओभरमा ६२ रन दिएर समान ३ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले ७ ओभर बलिङ गर्दै २९ रन दिएर २ विकेट झारे। ललित राजजवंशीले १ विकेट झारे।

नेपालले टस हार्दै पहिले ब्याटिङ गरेर पूरै ५० ओभर खेल्द ८ विकेटको क्षतिमा ३१० रन जोडेको थियो। ओडीआईतर्फ योने पालको अहिलेसम्को उच्च स्कोर हो।

नेपालले यसअघि कीर्तिपुरमै आइसिसी विश्वकप लिग २ अन्तर्गतको खेलमा पपुवा न्युगिनीविरुद्ध २९७ रन बनाएको थियो। 

नेपालका लागि कुशल मल्लले ५९ बलमा शतक बनाए। उनले यसक्रममा ९ चौका र १० छक्का हानेर नेपालका लागि सर्वाधिक छिटो शतकको रेकर्ड बनाए। उनले १०८ रनको शतकीय इनिङ खेले। उनले कप्तान रोहित पौडेलको कीर्तिमान पनि भंग गरे।

नेपालका लागि ओडीआईमा पूर्वकप्तान पारस खड्का, कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखले शतक बनाएका थिए।

नेपालको ओपनिङ राम्रो भएन। नेपालले २८ औँ बलपछि पहिलो रन जोड्यो। रन जोड्नै नपाई नेपालका कुशल भुर्तेल तेस्रो ओभरमा शून्यमै आउट भए। 

चौथो ओभरको चौथो बलमा आशिफ शेख पनि रन नबनाउँदै पबेलियन गए। त्यसपछि तेस्रो विकेटका लागि रोहित पौडेल र भीम सार्कीले ५४ रनको साझेदारी गरेर नेपालको इनिङ उकासे।

त्यसअघि तेस्रो विकेटका लागि भीम सार्की र कप्तान रोहित पौडेलले ५४ रनको साझेदारी गर्दै नेपालको इनिङस्  सम्हालेका थिए। 

कप्तान रोहित १८ औं ओभरको पहिलो बलमा फयाज बटको बलमा कश्यप प्रजापतिको हातबाट क्याच आउट भए। ३४ बलको सामना गरेका रोहितले २ चौका हान्दै २३ रन बनाए। 

भिम सार्की ३३ रन बनाउँदा पवेलियन फर्के। ५६ बलको सामना गरेका भिमले ४ चौका र १ छक्का हान्दै जेसन मक्सुदको बलमा आउट भए। 
खेलको सुरुवातमा नै खातै नखोली दुवै ओपनरलाई गुमाएको नेपालले २१ औं ओभरमा चार विकेट गुमाएको थियो। ओपनर कुशल भुर्तेल र आशिफ शेख कुनै रन नजोडी पवेलियन फर्के। 

सोमपाल कामी ६३ र करण केसी २९ रनमा नटआउट रहे। आरिफ शेख २९ र सन्दीप लामिछाने ८ रनमा आउट भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .