खेल


एसीसी प्रिमियर कप : नेपालले शून्य रनमै गुमायो दुवै ओपनर

एसीसी प्रिमियर कप : नेपालले शून्य रनमै गुमायो दुवै ओपनर

नेपालखबर
बैशाख ८, २०८० शुक्रबार ९:३५, काठमाडौँ

एसीसी प्रिमियर कपअन्तर्गत जारी ओमानविरुद्धको खेलमा नेपालले सुरुवातमै दुवै ओपनर गुमाएको छ। 

ओपनर कुशल भुर्तेल र आशिफ शेख शून्य रनमा आउट भए। कुशल २.२ ओभरमा विलाल खानको बलमा एलबीडब्ल्यू धरापमा पर्दै पवेलियन फर्के। ३.४ ओभरमा आशिफ कलिमुल्लाहको बलमा बोल्ड आउट भए। 

नेपालले ६ ओभरको समाप्तिमा २ विकेट गुमाएर मात्र ५ रन बनाएको छ। अहिले क्रिजमा भीम सार्की २ र कप्तान रोहित पौडेल ३ रन बनाएर खेलिरहेका छन्।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .