ad ad

खेल


सेमिफाइनल प्रवेश गर्‍यो सिटी, फाइनलमा जान रियलसँग भिड्ने

सेमिफाइनल प्रवेश गर्‍यो सिटी, फाइनलमा जान रियलसँग भिड्ने

नेपालखबर
बैशाख ७, २०८० बिहिबार ७:२४, काठमाडौँ

बार्यनल म्युनिखलाई पराजित गर्दै म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल मड्रिडसँगको भेट पक्का गरेको छ।

गएराति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा बार्यनलाई १–१ को बराबरीमा रोक्दै सिटी समग्रमा ४–१ को नतिजा निकाल्दै अन्तिम ४ मा पुगेको हो। क्वार्टरफाइनलको पहिलो लेगमा ३–० ले पछि परेको बार्यनको दोस्रो लेगमा बराबरीमा रोकिएपछि अघिल्लो चरण पुग्ने सम्भावना सकिएको हो। 

सिटीले अब फाइनल प्रवेशका लागि रियल मड्रिडको सामना गर्नेछ। 

खेलको ५७ औँ मिनेटमा हालान्डको गोलमा सिटीले सुरुवाती अग्रता बनाएको थियो। पछिल्लो समय उच्च लयमा रहेको हालान्डले डी ब्रुयनको पासमा गोल गरेका थिए। 

तर खेलको ८७ औँ मिनेटमा किममीचको पेनाल्टी गोलमा बार्यनले बराबरी गोल फर्काएको थियो। पहिलो लेगमा नै पछि परेको बार्यनले पुनरागमन गर्न नसक्दा क्वार्टरफाइनलबाटै च्याम्पियन्स लिगको यात्रा सकाएको हो। 

सेमिफाइलको पहिलो लेग ९ मे मा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .