खेल


नेपाललाई मलेसियाले दियो २३६ रनको चुनौती

नेपाललाई मलेसियाले दियो २३६ रनको चुनौती

नेपाल र मलेसियाबीचको खेल। तस्बिर : सरोज नेपाल/नेपालखबर


सरोज नेपाल
बैशाख ५, २०८० मंगलबार १२:३८, काठमाडौँ

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार कीर्तिपुरमा भएको उद्घाटन खेलमा मलेसियाले नेपाललाई २३६ रनको चुनौती दिएको छ। 

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३५ रन बनाउन सफल भएको हो। 

मलेसियालाई मध्यम स्कोरमा रोक्ने क्रममा नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले तीन-तीन विकेट लिए।

ललित राजवंशीको नाममा विकेट रह्यो। त्यसैगरी गुलशन झाको नाममा एक विकेट रह्यो

मलेसियाका लागि अहमद फैजले ९५ बलमा ७६ रनको सर्वाधिक स्कोर बनाए। त्यसैगरी वीरन्दीप सिंहले ९४ बलमा ४६ रनको पारी खेले।

त्यसबाहेक खिजार हायातको नाममा २२ रन र स्यार्जुल इड्रुसको नाममा २१ रन रह्यो। 

नेपालले पछिल्लो पाँच खेलमा मलेसियाविरुद्ध पराजय भोग्नु परेको छैन। यसअघि मलेसिया र नेपाल सन् २०१८ मा एसिया कप छनोटमा भेट भएका थिए। 

त्यसबेला मलेसियालाई उसकै घरमा नेपालले १९ रनले पराजित गरेको थियो। अहिले नेपालमा भइरहेको एसीसी प्रिमियर लिगमा १० देश सहभागी छन्। 

सहभागीहरुलाई दुई समूहमा राखिएको छ। समूह 'ए' मा नेपाल, मलेसिया, साउदी अरेबिया, कतार र ओमान छन्। 

उता समूह 'बी' मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएईलाई राखिएको छ। यी दुई समूहका शीर्ष दुई टिमबीच सेमिफाइनलमा भेट हुनेछ। 

फाइनलमा विजयी हुने राष्ट्र एसिया कपमा जाने छ। यो प्रतियोगिता यसै वर्ष सेप्टेम्बरमा हुने छ। समूहका शीर्ष तीनका टोली एसीसी ईमर्जिङ कपमा जाने छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .