ad ad

खेल


वेस्ट ह्यामसँग बराबरीमा रोकियो आर्सनल

वेस्ट ह्यामसँग बराबरीमा रोकियो आर्सनल

नेपालखबर
बैशाख ४, २०८० सोमबार ७:३६, काठमाडौँ

इङिलस प्रिमियर लिगको शीर्षस्थानको आर्सनल वेस्ट ह्यामसँग बराबरीमा रोकिएको छ। 

बराबरीसँगै उपाधि दौडमा रहेको आर्सनलको सपनामा धक्का पुगेको छ। 

आइतबार राति लन्डन स्टेडियममा भएको खेलमा आर्सनलले सुरुवातमा नै २–० को अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा वेस्ट ह्यामसँग अंक बाँड्न बाध्य भयो। 

खेलको सातौँ मिनेटमा ग्रावियल जिससको गोलमा आर्सनले सुरुवाती अग्रता बनाएको थियो। त्यसको तीन मिनेटपछि नै मार्टिन ओडेर्गाडले  गोल गदै आर्सनललाई सुरुवातमा नै २–० को अग्रता दिलाए। 

तर खेलको ३३ औँ मिनेटमा वेस्ट ह्यामका सेड बेनरहले पेनाल्टीमा गोल गर्दै टोलीलाई खेलमा फर्काए। 

खेलको ५४ औँ मिनेटमा जारोड बोवेनले गोल गर्दै आर्सनललाई बराबरीको चुनौती दिए।

त्यसपछि खेलमा थप गोल हुन नसक्दा दुवै टोलीले अंक बाँडे।

बराबरीसँगै आर्सनलले ३१ खेलबाट ७४ अंक जोडेको छ। प्रिमियर लिगमा आर्सनलको यो दोस्रो बराबरी हो। वेस्ट ह्याम ३० खेलबाट ३१ अंक जोड्दै अंकतालिकाको पन्धौँ स्थानमा छ। 

एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ७० अंक छ। पछिल्लो समय उत्कृष्ट लयमा रहेको सिटी पछिल्ला ५ खेलमा स्पष्ट ३ अंक जोडिरहेको छ। 

गएरााति भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले नटिम फरेस्टलाई २–० गोल अन्तरले हराएको छ। 

पछिल्ला ३ खेलमा अपराजित रहेको युनाइटेड ५९ अंकमा तालिकाको तेस्रो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .