ad ad

खेल


फुलहामसँग ३-१ ले एभर्टन पराजित, रेलिगेसनबाट जोगिने आशामा धक्का

फुलहामसँग ३-१ ले एभर्टन पराजित,  रेलिगेसनबाट जोगिने आशामा धक्का

नेपालखबर
बैशाख ३, २०८० आइतबार ७:३, काठमाडौँ

इङ्ग्लिस प्रिमियर लिगमा शनिबार राति फुलहामसँग पराजित भएसँगै रेलिगेसनबाट जोगिने एभर्टनको आशामा धक्का पुगेको छ। 

शनिबार राति गुडिसन पार्कमा भएको खेलमा फुलहामले एभर्टनलाई ३–१ गोलअन्तरले पराजित गर्‍यो। 

रेलिगेसन क्षेत्रभन्दा एक स्थान मात्र माथि रहेको एभर्टन रेलिगेसनबाट जोगिन संर्घष गरिरहेको छ। खेलको पहिलो हाफमा फुलहामलाई एक -एकको बराबरीमा रोकेपनि दोस्रो हाफमा थप २ गोल खाँदा एभर्टनको रेलिगेनसबाट जोगिने सम्भावना कमजोर बन्दै गएको हो। 

खेलको १२ औँ मिनेटमा रिडको गोलमा फुहलमाले सुरुवाती अग्रता बनाएको थियो। तर ३५ औँ मिनेटमा ड्वाइट म्याकनिलले लो ड्राइभमा गोल गर्दै पहिलो हाफमा बराबरीमा रोकेको थियो। 

खेलको ५१ औँ मिनेटमा विलियमले दिएको सुम्दर पासम विल्सनले बललाई पोस्टको जाली चुमाउँदै टोलीलाई २–१ के अग्रता दिलाए। 

खेलमा पछि परेको एभर्टनले लय गुमाएपछि ६८ औँ मिनेटमा अर्को गोल खान पुग्यो। केनी टुटेले दिएको लामो पासलाई डेनियल जेम्सले गोल गर्दै टोलीको अग्रता बढाए। 

३० खेलबाट ४२ अंक बनाएको फुलहाम १० औँ स्थानमा छ। एक खेल बढी खेलेको एर्भटन २७ अंकमा १७ औँ स्थानमा छ। 

गएराति नै भएको अर्को खेलमा एस्टोन भिल्लाले न्यूक्यासललाई ३–० गोल अन्तरले हराएको छ। ब्राइटनले चेल्सीलाई २–१ मा रोकदा वुल्भ्सले ब्रेनफोर्ड र क्रिस्टल प्यालेसले साउथहेप्टनलाई समान २–० गोल अन्तरले पाखा लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .