ad ad

खेल


लेस्टरलाई ३-१ ले पराजित गर्दै सिटी आर्सनल नजिक, हालान्डको शानदार प्रदर्शन

लेस्टरलाई ३-१ ले पराजित गर्दै सिटी आर्सनल नजिक, हालान्डको शानदार प्रदर्शन

नेपालखबर
बैशाख ३, २०८० आइतबार ६:५६, काठमाडौँ

स्ट्राइकर इर्लिङ हालान्डको शानदार प्रर्दशनमा इङ्ग्लिस प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटी शीर्ष स्थानको आर्सनलभन्दा मात्र ३ अंकले पछि छ। 

शनिबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले लेस्टरलाई ३–१ गोल अन्तरले पराजित गर्‍यो। खेलको पाँचौँ मिनेटमा जोन स्टोनको गोलमा सिटीले लेस्टरविरुद्ध सुरुवाती अग्रता बनाएको थियो।

१३ औँ मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। 

सिटीमा हालान्ड पछिल्लो समय उच्च लयमा छन्। यो सिजन प्रिमियर लिगमा मात्र उनले ३२ गोल गरेका छन्। हालान्डको २ गोलसँगै यो सिजन ४० खेलमा ४७ गोल गर्ने कीर्तिमान आफ्नो नाममा गरेका छ्न्। 

२५ औँ मिनेटमा हालान्डले नै गोल गर्दै पहिलो हाफमा नै सिटीलाई ३–० को आरामदायी अग्रता दिलाए। तर खेलको ७५ औं मिनेटमा लेस्टरका केलेची इहेनान्चोले सान्तवना गोल फर्काए। 

जितसँगै सिटी शीर्ष स्थानको आर्सनलनजिक छ। साविक विजेता समेत रहेको सिटीको ३० खेलबाट ७० अंक छ। शीर्ष स्थानको आर्सनलको समान खेलबाट ७३ अंक छ। 

लिगमा सिटीले अब निर्णायक तीन खेलको सामना गर्नेछ जसले उपाधि रक्षाका लागि निर्णायक बन्नेछ। 

आाइतबार राति हुने खेलमा आर्सनलले वेस्ट ह्यामसाग खेल्नेछ। जसले ६ अंकको अन्तर बनाउन सक्नेछ। 

प्रिमियर लिगम पछिल्लो समय उत्कृष्ट प्रर्दशन गर्दै आएको सिटी सोही लयलाइ निरन्तरता दिने योजनामा छ। 

सिटीले यूएइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलको दोस्रो लिगमा मंगलबार बार्यनसँग खेल्दैछ। शनिबार राति एफए कपको सेमिफाइनलमा सेफिल्ड युनाइटेडसँग खेल्ने तालिका छ। 

गएराति नै भएको अर्को खेलमा टोटनहमले बर्नमाउथलाई ३–१ गोल अन्तरले हराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .