ad ad

खेल


महिला विश्वकपमा कीर्तिमानी टिकट बिक्री गर्ने आयोजकको लक्ष्य

महिला विश्वकपमा कीर्तिमानी टिकट बिक्री गर्ने आयोजकको लक्ष्य

नेपालखबर
चैत २८, २०७९ मंगलबार १६:५४, काठमाडौँ

फिफा महिला विश्वकप २०२३ का आयोजकहरुले यसपटक हालसम्मकै बढी टिकट बिक्री हुने बताएका छन्। 

आयोजक अष्ट्रेलिया र न्यूजिल्याण्डले अबको एक सय दिनमा सुरु हुने विश्वकपमा १५ लाख टिकट बिक्री हुने बताएका हुन्। हालसम्म ६ लाख ५० हजार टिकट बिक्री भएको उनीहरुले बताएका छन्। 

यो वर्ष हुने महिला विश्वकपलाई हालसम्मकै ठूलो र उत्कृष्ट बनाउने फिफाको लक्ष्य रहेको विश्व फुटबल महासंघ (फिफा) की महासचिव फात्मा सामोउराले बताएकी छिन्। 

यो विश्वकप २ अर्ब दर्शकले टेलिभिजनबाट हेर्ने बताएका छन्। 

आगामी जुलाइमा २० मा हुने महिला विश्वकपको उद्घाटन खेलमा इङल्याण्ड र आयरल्याण्ड भिड्दैछन्। सिड्नीमा हुने खेलमा करिब ८३ हजार ५ सय दर्शक क्षमता रहेको रंगशालामा खेल हुनेछ। 

यसअघि यो खेल सिड्नी फुटबल रंगशालामा हुने भनिएपनि क्षमताभन्दा बढी टिकट माग भएपछि खेल अर्को स्टेडियममा सारिएको हो। 
उद्घाटन खेलमा १ लाख समर्थक उपस्थित हुने फिफाले विश्वास लिएको छ। 

सोही दिन हुने अर्को खेलमा न्यूजिल्याण्डले १९९५ को विश्व विजेता नर्वेसँग खेल्नेछ। यो खेल ५० हजार दर्शक क्षमता रहेको एडेन पार्कमा हुनेछ। 

फाइनल खेल अगष्ट २० मा हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .