ad ad

खेल


१४ क्लबले मागे एन्फासँग क्षतिपूर्ति

१४ क्लबले मागे एन्फासँग क्षतिपूर्ति

नेपालखबर
चैत २८, २०७९ मंगलबार १५:३५, काठमाडौँ

निर्धारित समयमा सहिद स्मारक बी डिभिजन लिग सुरु गर्न नसकेको भन्दै १४ क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग क्षतिपूर्ति माग गरेका छन्।

बी डिभिजन लिगका १४ क्लबका प्रतिनिधिले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई पत्र बुझाएका छन्। 

एन्फा र बी डिभिजन क्लबबीच गत १५ गते भएको छलफलमा समयमा लिग गराउन नसकेको कारण घटीमा ४५ दिनको क्षतीपूर्ति दिनुपर्ने माग राखेको पत्रमा लेखेका छन्। 

१४ क्लबले बुझाएको पत्रमा लेखिएको छ, ‘चैत १८ गते हुने भनिएको कार्यसमितिको बैठकमा छलफल गर्ने सहमती भएपनि बैठकमा एजेन्डा नराखेकोले सम्पूर्ण बी डिभिजन क्लबलाई क्षतीपूर्ति उपबलब्ध गराउनको लागि जोड माग गर्दछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .