ad ad

खेल


गल्फ सिक्न चाहनेलाई निःशुल्क प्रशिक्षण, एनजिए र आरएनजिसीबीच सम्झौता

गल्फ सिक्न चाहनेलाई निःशुल्क प्रशिक्षण, एनजिए र आरएनजिसीबीच सम्झौता

नेपालखबर
चैत २७, २०७९ सोमबार १८:२५, काठमाडौँ

अब गल्फ सिक्न चाहने जुनियर र महिला गल्फ खेलाडीलाई निःशुल्क प्रशिक्षण दिनका लागि नेपाल गल्फ संघ (एनजिए)  र रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) बीच सम्झौता भएको छ। 

सम्झौता अनुसार एनजिए र आरएनजिसीले हरेक हप्ता युवा र महिला गल्फ खेलाडीलाई निःशुल्क प्रशिक्षण दिनेछन्। इच्छुक खेलाडीले शनिबारनाम दर्ता गरिनेछ। 

सम्झौता पत्रमा एनजिएका अध्यक्ष टासी घले र आरएनजिसीका अध्यक्ष मधुकर याकथुम्बाले हस्ताक्षर गरे। 

सम्झौता अनुसार एनजिएले प्रशिक्षणका लागि आवश्यक सामग्री र अन्तराष्ट्रिय प्रशिक्षकको व्यवस्था गर्ने बताइएको छ।

आरएनजिसीले हप्ताको २ दिन गल्फ प्रशिक्षण क्याम्प सञ्चालन गर्नेछ। क्याम्पबाट छनोट भएका खेलाडीलाई निःशुल्क कोर्स उपलब्ध गराउनेछ। 

एनजिएका अध्यक्ष टासी घलेले आगामी दिनमा उत्कृष्ट खेलाडी तयार पार्नका लागि संघले आरएनजिसीसँग मिलेर प्रशिक्षण कार्यक्रम सन्चालन गर्न लागेको बताए। 

आरएनजिसीका अध्यक्ष मधुकर याकथुम्बाले युवा र महिला खेलाडीका लागी निःशुल्क प्रशिक्षण दिन लागेकोमा खुसी व्यक्त गर्दै भने, गल्फ र खेलाडी विकासका लागी एनजिएले सञ्चालन गर्ने कार्यक्रममा आरएनजीसीको तर्फबाट सकेको सहयोग गर्नेछु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .