खेल


शहिद स्मारक ए डिभिजन : संकटालाई हराउँदै मछिन्द्रको दोस्रो जित

शहिद स्मारक ए डिभिजन : संकटालाई हराउँदै मछिन्द्रको दोस्रो जित

नेपालखबर
चैत २६, २०७९ आइतबार १६:२४, काठमाडौँ

संकटा क्लबलाई पराजित गर्दै मछिन्द्र फुटबल क्लबले शहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित निकालेको छ।

आइतबार दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले संकटा क्लबलाई २–१ गोल अन्तरले हराउँदै लिगमा दोस्रो जित निकालेको हो। 

जितसँगै मछिन्द्र तिन स्थान सुधार गर्दै अंक तालिकाको सातौँ स्थानमा पुगेको छ। समान ९ अंक भएपनि हेड टु हेडमा अघि रहँदै मछिन्द्र सातौँ स्थानमा पुग्दा संकटा एक स्थान तल झरेको हो।

पराजित संकटा क्लब भने एक स्थान झर्दै आठौं स्थानमा झरेको छ। 

मछिन्द्रले २ खेलमा जित, ३ खेलमा बराबरी र २ खेलमा हार भोगेको छ। संकटाले भने २ खेलमा जित, ३ खेलमा बराबरी र २ खेलमा हार भोगेको छ। 

खेलको पहिलो हाफमा एक एकको बराबरी भएको खेलको दोस्रो हाफमा मछिन्द्रले एक गोल थप्यो। 

खेलको १९औं मिनेटमा विमल घर्तिमगरले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए। 

त्यसको एक मिनेटपछि नै मनिष डाँगीले उत्कृष्ट गोल गर्दै संकटालाई बराबरीमा ल्याए। मनिषले आयुष घलानको पासमा डि बक्स अगाडीबाट बललाई पोष्टको जाली चुमाए।

दोस्रो हाफ सुरु भएको ४५ सेकेण्डमा अफिज ओलावालेले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे। विमलको थ्रो बलमा प्रशान्त अवस्थीको पासमा अफिज ओवालले गरेको प्रहार गोलरक्षकले बचाएपनि त्यसमै ओलावालेले नै फिनिसिङ टच दिए। 

खेलको ५६ औं मिनेटमा चेन्चो प्रहार पहिलो बारमा लाग्दै बाहिरियो। ७० मिनेटमा विमल घर्तिमगरको शसक्त गोलरक्षकको हातमा लाग्दै पोष्टको माथिबाट बाहिरियो। 

७५औं मिनेटमा अफिज ओलावालेको वन भर्सेस वन प्रहार पोष्टमा लाग्दै बाहिरियो। 

खेलको इन्ज्युरी समयमा मछिन्द्रका छिरिङ गुरुङ आफ्नै खेलाडी पुजन उपरकोटीसँग ठोक्किँदा मैदानमा अचेत भएर ढलेका थिए। मैदानमा प्राथमिक उपचार गरेपछि उनलाई अस्पताल लगिएको छ। 

त्यसपछि खेलमा थप गोल हुन नसक्दा संकटाले दोस्रो हार व्यहोरेको हो। आजै च्यासल मैदानमा भएको खेलमा न्युरोड टिम एनआरटीले हिमालय शेर्पा क्लबलाई २–१ गोल अन्तरले हराएको छ। 

शेर्पाका खमिर गिलसनले १४ मिनेटमा  गोल गदै अग्रता दिलाएका थिए। 

खेलको पहिलो हाफमा १–० ले पछि परेको एनआरटीले उत्कृष्ट पुनरागमन गर्दै लिगमा पहिलो जित दर्ता गरेको हो। 

खेलको ६७ मिनेटमा एनअराटीका रोहन खड्कीले गोल गर्दै खेललाई बराबरी ल्याए।

८९ मिनेटमा जेनिस प्रजापतीले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए। नआरटीले सातौं चरणमा आएर जितको खाता खोलेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .