खेल


मछिन्द्रद्वारा शहिद स्मारक ए डिभिजन लिगका लागि किशोर केसी मुख्य प्रशिक्षक नियुक्त

मछिन्द्रद्वारा शहिद स्मारक ए डिभिजन लिगका लागि किशोर केसी मुख्य प्रशिक्षक नियुक्त

नेपालखबर
चैत २६, २०७९ आइतबार १४:१६, काठमाडौँ

मछिन्द्र फुटबल क्लबले शहिद स्मारक ए डिभिजन लिगका लागि किशोर कुमार केसीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। 

मछिन्द्र क्लबले संकटा क्लबसँगको खेलअघि मुख्य प्रशिक्षकमा केसीलाई नियुक्त गरेको जानकारी दिएको हो। मछिन्द्रले आज आइतबार लिगको सातौँ चरणमा संकटा क्लबसँग स्पर्धा गर्दैछ। 

केसीले यसअघि ए डिभिजन क्लब जावालखेल युथ क्लब हेर्दै आएका थिए। यसअघि उनले महिला फुटबल टोली तथा एकेडेमी हेरिसकेका थिए। 

मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा नियुक्त भएपछि सहायक प्रशिक्षक सन्तोष न्यौपानेले टोली हेर्दै आएका थिए। 

प्रशिक्षक कटुवालले मछिन्द्रलाई लगातार दुई पटक लिग च्याम्पियन बनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad