ad ad

खेल


नेपालसँग खेल्ने विश्वकपमा पुगिसके, हामी साफमै अल्झिरह्यौँ : सावित्रा भण्डारी

बलिया टोलीसँग नखेले उपाधिको सपना असम्भव
नेपालसँग खेल्ने विश्वकपमा पुगिसके, हामी साफमै अल्झिरह्यौँ : सावित्रा भण्डारी

नेपालकी प्रमुख स्ट्राइकर सावित्रा भण्डारी 'साम्बा'। तस्बिर : सरोज नेपाल/नेपालखबर


लक्ष्मी जि.सी
चैत २५, २०७९ शनिबार ६:३२, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बाले आफूहरुले दक्षिण एशियालीबाहेक टोलीसँग स्पर्धा गर्नुपर्ने आवश्यकता औँल्याएकी छन्। 

भियतनामसँगको पहिलो खेलको हारपछि साम्बाले भनिन्, 'महिला टोलीले नेपालभन्दा बलिया टोलीसँग अभ्यास गर्न पाएको भए राम्रो नतिजा दिन सकिन्थ्यो। बलिया टोलीसँग हार्दा पनि धेरै सिक्न पाइन्थ्यो। हामीले खेल्ने राम्रो वरीयता भएका खेलाडीसँग अभ्यास खेल खल्न पाएको भए हारबाट जोगिन सक्थ्यौँ।' 

महिला टोलीले यसअघि ओलम्पिक छनोटमा म्यानमारसँग खेलेको थियो। 

यस पटक ओलम्पिक छनोटका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। दुवै खेलमा बराबरी खेलेको महिला टोली त्यसयता बन्द प्रशिक्षणमा व्यस्त छ। 

साम्बाले भनिन्, 'नेपालले दक्षिण एशियाभन्दा बाहिर खेल्न पाएको छैन। अहिलेको अवस्थामा नेपाली फुटबल साउथ रिजनबाट बाहिर जाने योजना देख्दिनँ, पहिला सिनियर खेलाडीले खेलेको थाहा छैन। हाम्रीले पनि खेल्न पाएका छैनौँ।'

साम्बाले अहिलेको महिला टिमको मेहनत, लगानी, प्राथमिकता र प्रशिक्षण अनुसार राम्रो नतिजा दिएको सुनाइन्। 

उनले थपिन्, 'मेरो ब्याचका खेलाडीले पनि साउथ रिजनबाट माथि उठेर हेर्न सकेका छैनौँ। साफ च्याम्पियनसिपमा मात्रै अल्झेर बसेकाले साफ जित्न सकेका छैनौँ। साफभन्दा माथि उठ्न नसक्दा कुनै टाइटल जित्न सक्दैनौँ।'

महिला टोलीलाई साउथ रिजनभन्दा माथि उठेर प्रतियोगिता र खेलहरु गराउन सकिए राम्रो नतिजा दिनसक्ने उनले सुनाइन्। 'अहिलेको अवस्थामा नै उपाधि सोच्न सकिँदैन', उनले भनिन्।  

म्यानमार, उज्वेकिस्तान र भियतनाम दक्षिण एशियालीभन्दा बाहिरका बलिया टोली हुन्। 

'दक्षिण एशियाको टोलीभन्नासाथ उनीहरुले हेपेर खेल्छन्। उनीहरुको लक्ष्य अर्कै छ, उनीहरु विश्वकप खेल्नेमा लक्ष्यमा हुँदा हाम्रो लक्ष्य साफ च्याम्पियनसिप हो', उनले थपिन्, 'त्यसैले हामीमा पनि कन्फिडेन्ट हुँदैन। हामी साउथमा अल्झिरहँदा राम्रो खेल्न सक्दैनौँ। 

आगामी दिनमा कस्तो नतिजा ल्याउने र कस्तो खेल्नेबारे सम्बन्धित निकायले सोच्नुपर्ने साम्बाले सुनाइन्। 

'अहिलेको लक्ष्यलाई परिवर्तन गरेर नयाँ लक्ष्य लियौँ भने नतिजा दिन सक्थ्यौँ। दक्षिण एशियालीबाहिरका बलिया टोलीसँग खेल्न पायौँ भने राम्रो नतिजा आउनेछ', उनले सुनाइन्, 'बलिया टोलीसँग हार्दा पनि धेरै कुरा सिकिन्छ। बलिया टोलीसँग खेल्न पाए हाम्रो सपना पनि विश्वकप हुन सक्थ्यो। हामीसँग खेलेका टोली अहिले विश्वकप खेलिरहेका छन्।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .