ad ad

खेल


आईपीएल: पञ्जाब किङ्ग्सको लगातार दोस्रो जित, राजस्थान ५ रनले पराजित

आईपीएल: पञ्जाब किङ्ग्सको लगातार दोस्रो जित, राजस्थान ५ रनले पराजित

नेपालखबर
चैत २३, २०७९ बिहिबार ७:१४, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल) को गएराति भएको रोमाञ्चक खेलमा पञ्जाब किंग्सले राजस्थान रोयल्सलाई ५ रनले पराजित गरेको छ।

गएराति गुहाटीमा भएको खेलमा पञ्जाब किङ्ग्सले आईपीएलमा लगातार दोस्रो जित निकाल्यो।

पहिले ब्याटिङ गर्दै पञ्जाबले १९७ रन बनाएको थियो। १९८ रनको टार्गेट पाएको राजस्थान जवाफमा १९२ रन मात्रै बनाउन सफल भयो।

पञ्जाबका लागि एलिस नाथनले ४ र अर्शदीप सिंहले २ विकेट लिए।

राजस्थान रोयल्सलाई जितका लागि अन्तिम तीन ओभरमा ५३ रन आवश्यक थियो। यहाँबाट शिम्रोन हेटमायर र इम्प्याक्ट खेलाडी ध्रुव जुरेलले उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई जितको छेउसम्म पुगेका थिए।

खेलको ४८ औं र ४९ औं ओभरमा शिम्रोन हेटमायर र ध्रुव जुरेलले ३७ रन जोडे।

यसपछि जितका लागि अन्तिम ओभरमा १६ रन बनाउनु पर्ने थियो तर साम करणले यी दुवै ब्याट्सम्यानलाई आफ्नो दबाबमा राखे। 

अन्तिम ओभरको तेस्रो बलमा दोस्रो रन प्रयासमा शिमरोन हेटमायर रनआउट भए । उनले १८ बलमा ३६ रन बनाए ।

जेसन होल्डरले पाँचौं बलमा एक रन मात्र बनाउन सके । 

ध्रुव जुरेलले १५ बलमा ३२ रन बनाएर खेलमा आफ्नो प्रभाव राम्रो छोडे।

टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबका लागि कप्तान शिखर धवन सर्वाधिक ८६ रनसहित अविजित रहे।

प्रभसिमरन सिंह ६० रनमा आउट भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .