ad ad

खेल


लिड्सविरुद्ध आर्सनलको सहज जित, ८ अंकको अग्रता

लिड्सविरुद्ध आर्सनलको सहज जित, ८ अंकको अग्रता

नेपालखबर
चैत १९, २०७९ आइतबार ६:५५, काठमाडौँ

इंग्लिस प्रिमियर लिगमा लिड्समाथि सहज जित निकाल्दै शीर्ष स्थानको आर्सनलले आठ अंकको अग्रता कायम गरेको छ। 

शनिबार राति भएको खेलमा आर्सनलका लागि ग्राबियल जिससले दुई तथा ह्वाइट र एक एक गोल गरे। 

आर्सनलका लागि ग्रावियलले अक्टोबरपछि पहिलो गोल गरे। ग्रावियलले खेलको ३५ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए। 

खेलको सुरुवातमा लिड्सले राम्रो सुरुवात गरेपनि गोल निकाल्न भने असमर्थ रह्यो। 

४७ औँ मिनेटमा बेन ह्वाइटले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे। ग्राबियल मार्टिनेलीको लो क्रसलाई क्रसबारको मुनिबाट गोल गर्दै खेलमा २–० को अग्रता दिलाए। 

५५ मिनेटमा ग्राबियलले गोल गर्दै अग्रता फराकिलो पारे।

७६ औं मिनेटमा क्रिस्टेनसेनले मार्टिन ओडेगार्टको पासमा बललाई पोष्टको जाली चुमाउँदै लिड्सलाई खेलमा फर्काउने कोशिस गरेपनि धेरै ढिला भैसकेको थियो। तर खेल सकन ६ मिनेट बाँकी हरँदा ग्रानिट झाकाले गोल गर्दै टोलीलाई ४–१ को जित दिलाए। 

गएराति नै भएको खेलमा बर्नमाउथले फुलहामलाई तथा क्रिस्टल प्यालेसलले लेष्टरलाई समान २–१ गोल अन्तरले हरायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .