खेल


वेष्ट इण्डिज सामु भारतको अग्निपरिक्षा

वेष्ट इण्डिज सामु भारतको अग्निपरिक्षा

नेपालखबर
असार १२, २०७६ बिहिबार ३:४५,

आईसीसी विश्वकप २०१९ अन्तर्गत आज (बिहिबार) भारत र वेस्टईन्डिज भिड्दैछन्। म्यानचेष्टर नेपाल समय खेल पौने ३ बजे सुरु हुनेछ।

वेष्ट इण्डिज सामु अपराजित गरेको भारतको अग्नि परिक्षा हुनेछ। भारतले विश्वकपमा ५ खेल खेल्दा एक खेल रद्द भएको थियो भने त्यसबाहेक सम्पूर्ण खेलहरु उसले जितेको छ। 

वेष्ट इंण्डिजले भने ६ खेलमा एक खेलमात्रै जित्न सकेको छ। ४ खेल हारेको उसको एक खेल भने वर्षाले रद्द भएको थियो। ३ अंक रहेको वेष्ट इण्डिजलाई सेमिफाइनलमा स्थान बनाउँन आजको खेल जित्दैपर्ने अवस्था छ।

भुवनेश्वर कुमार घाइते भएपछि वेष्ट इण्डिजविरुद्ध भारतको तीव्र गतीको जिम्मेवारी मोहम्मद सामी र जसप्रित बुम्राहलाई छ। ओपनिङ शिखर धवन घाइते भएपछि उनको स्थानमा भारतले केएल राहुललाई स्थान दिएको छ। 

त्यससँगै भारतले चौथो नम्बरमा विजय शंकरलाई पछिल्ला दुई खेलमा मौका दिएपनि उनले त्यसको फाइदा उठाउँन सकेनन्। त्यसकारण उक्त स्थानमा ऋशब पन्त वा दिनेश कार्तिकले मौका पाउँन सक्छन्।

वेष्ट इंण्डिजका आन्द्रे रसेल घाइते भएपछि भारतविरुद्धको खेलमा हुनेछैनन्। तर रसेललाई भुलाउने अस्त्रका रुपमा वेष्टइण्डिजले कार्लोस ब्रेथवेटको प्रयोग गर्नेछ। जो राम्रो लयमा समेत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad