ad ad

खेल


नेपालले अन्तिम समयमा भुटानविरुद्ध गोल फर्कायो

नेपालले अन्तिम समयमा भुटानविरुद्ध गोल फर्कायो

नेपालखबर
चैत १४, २०७९ मंगलबार १९:५६, काठमाडौँ

थ्री नेशन्स कपअन्तर्गत मंगलबार भएको खेलमा नेपालले अन्तिम समयमा भुटानविरुद्ध गोल फर्काएको छ।

मंगलबार साँझ दशरथ रंगशालामा भएको खेलमा भुटानले अन्तिम समयमा गोल खाएको हो। नेपालले ८९ औँ मिनेटमा यो गोल गरेसँगै थ्री नेशन्स कपको फाइनल यात्रा पक्का गरेको छ।

भुटानले नेपालविरुद्ध लगातार १३ खेलको पराजयपछि नेपाली भूमिमै जित निकाल्ने योजना पनि तुहिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको २० औँ मिनेटमा नेपालले गोल खाएको थियो। 

फितलो प्रदर्शन गरेको नेपालले गोलका लागि खेलको अन्तिम समयसम्म कुर्नुपर्यो।

दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले खेलको २० औँ मिनेटमा गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए।

नेपाललाई फाइनलमा पुग्न बराबरीको नतिजा पर्याप्त थियो। तर भुटानलाई फाइनलमा पुग्न नेपाललाई कम्तीमा २ गोलको अन्तरले जित्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .