प्रधानमन्त्री थ्री नेशन्स कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भइरहेको भुटानविरुद्धको खेलको पहिलो हाफमा नेपाल १–० गोलले पछि परेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको २० औँ मिनेटमा नेपालले गोल खाएको हो। नेपाली खेलाडीहरुको फितलो प्रदर्शनबीच भुटानले कर्णरबाट अग्रता लिएको हो।
दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले गोल गर्दै भुटानलाई सुरुवाती अग्रता दिलाएका थिए।
सिनियर टोलीमा नेपाल अहिलेसम्म भुटानसँग पराजित भएको छैन। तर यो प्रतियोगितामा नेपालले गोल खाएर पछि परेको छ।
नेपाललाई फाइनलमा पुग्न बराबरीको नतिजा पर्याप्त हुनेछ। भुटानलाई फाइनलमा पुग्न नेपाललाई कम्तीमा २ गोलको अन्तरले जित्नुपर्नेछ।
चैत १४, २०७९, मंगलबार
प्रतिक्रिया