काजल श्रेष्ठ र रुविना क्षत्रीको सानदार साझेदारीमा प्रदेश १ ले ललितपुर मेयर्स महिला क्रिकेट च्याम्पियनसिपमा दोस्रो जित निकाल्दै फाइनल पुग्ने सम्भावना कायम राखेको छ।
जितसँगै प्रदेश १ ले अंक तालिकामा ४ अंक जोडेको छ। सुदूरपश्चिम प्रदेशले २ खेलमा हार र २ खेलमा जित निकाल्दै ४ अंक बनाएको छ। फाइनलमा स्थान बनाउनका लागि सुदूरको अंक गणितीय सम्भावना भने यथावत छ।
प्रदेश १ ले दिएको ८३ रनको लक्ष्य प्रदेश १ ले निर्धारित २० ओभरमा १ विकेटको क्षतिमा भेट्टायो।
पहिलो विकेटका लागि रुविना र काजलले ७३ रनको साझेदारी गरे। कप्तान रुविनाले ४१ बलमा २ चौका मद्धतमा २८ रन बनाउँदा क्याच आउट भइन्।
काजल ४० र अप्सरी बेगम १ रनमा नटआउट रहे। ५० बलको सामना गरेकी काजलले ५ चौका हानिन्। अप्सरीले ४ बलमा १ चौका हान्दै नटआउट रहिन्।
कविता जोशीले एक विकेट लिइन्।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश १ ले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदुरपश्चिम १८.५ ओभरमा ८२ रन बनाउँदा अलआउट भयो।
कप्तान बिन्दु रावल ३० रनमा बोल्ड आउट भइन्। सम्झना खड्का १६ रनमा रन आउट भइन्। रितु कनौजिया १३ रन बनाउँदै पवेलियन फर्किइन्।
ओपनर कविता कुँवर ९ रनमा बोल्ड आउट भयो। रुवि पोडार ४ रनमा रन आउट भइन्। ५ ब्याटर शुन्य रनमा पवेलियन फर्के। कविता जोशी, लक्ष्मी साउद, एशोदा विष्ट, रेवती धामी र मनिषा चौधरी शुन्य रनमा आउट भए। १ रन बनाउने क्रममा सुदूरले तीन ब्याटर गुमाएको थियो।
प्रदेश १ का लागि कप्तन रुविना क्षत्री र अप्सरी बेगमले समान तिन विकेट लिए। ज्योति दनुवारले एक विकेट आफ्नो नाममा गरिन्।
प्रतिक्रिया