ad ad

खेल


सुदूरपश्चिम प्रदेशद्वारा ललितपुर मेयर्स–११ लाई १ सय ३८ रनको लक्ष्य प्रस्तुत

सुदूरपश्चिम प्रदेशद्वारा ललितपुर मेयर्स–११ लाई १ सय ३८ रनको लक्ष्य प्रस्तुत

नेपालखबर
चैत ९, २०७९ बिहिबार ११:४५, काठमाडौँ

सम्झाना खड्काको अर्धशतकमा सुदुरपश्चिम प्रदेशले ललितपुर मेयर्स कप टी–२० च्याम्पियनसिपमा ललितपुर मेयर्स ११ सामु १ सय ३८ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ३७ रनको योगफल तयार पारेको हो। 

ओपनर तथा कप्तान बिन्दु रावल १८ रनमा बोल्ड आउट भइन्। १ बलको सामना गरेकी बिन्दुले ४ चौका हान्दा सोनी पाख्रिनको बलमा बोल्ड आउट भइन्। रुवी पोडार २८ बलमा क्याच आउट भइन्।

३३ बलमा ४ चौका हानेकी पोडार कृतिका मरासिनीको बलमा अस्मिना कर्माचायको हातबाट क्याच आउट भईन्। रेवती धामी डक आउट भइन्। 

चौथो ओभरको लागि सम्झना खड्का र कविता जोशीले ६७  रनको साझेदारी गरे। सम्झना ५१ र कविता २७ रनमा नटआउट रहे। ४५ बलको सामना गरेकी सम्झनाले ६ चौका हानिन्। 

कविताले २८ बलमा २ चौका र १ छक्का हानिन्। 

ललितपुरकी कृतिका मरासिनीले दुई विकेट लिइन्। कृतिकाले ४ ओभरमा १ मेडन राख्दै २४ रन दिइन्। सोनी पाख्रिनले एक विकेट लिईन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .