ad ad

खेल


मण्डेकाजी श्रेष्ठ प्यारागन पब्लिक स्कुलको ब्रान्ड एम्बास्डर नियुक्त

मण्डेकाजी श्रेष्ठ प्यारागन पब्लिक स्कुलको ब्रान्ड एम्बास्डर नियुक्त

नेपालखबर
चैत ७, २०७९ मंगलबार १५:४३, काठमाडौँ

१३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठ प्यारागन पब्लिक स्कुलको ब्रान्ड एम्बास्डरमा नियुक्त भएका छन्। 

नेपाली खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै स्कुलले मण्डेकाजीलाई दुई वर्षका लागि ब्रान्ड एम्बास्डरमा नियुक्त गरेको हो।

स्कुलले श्रेष्ठलाई मासिक तलब दिनुका साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा विद्यालयले सहयोग गर्ने विद्यालयले जनाएको छ। 

सहमति पत्रमा विद्यालयका प्रधानाध्यापक बिना बानु तथा प्रबन्ध निर्देशक शाकीर उद्दिन र मण्डेकाजी श्रेष्ठले हस्तक्षर गरे। 

सहमतिपछि मण्डेकाजीले विद्यालयको ब्रान्ड एम्बास्डर बनेर विद्यालयलाई सहयोग गर्न पाएकामा आफूलाई खुसी लागेको सुनाए। 

उनले भने, ‘प्यारागन पब्लिक स्कुलले मलाई विद्यालयको खेलकुदको विकास गर्ने कार्यका साथै शैक्षिक गतिविधिमा समेत संलग्न गराई ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेकामा खुसी लागेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .