ad ad

खेल


सन्दीपले लिए यूएईको महत्वपूर्ण विकेट, कप्तान वासिम आउट

सन्दीपले लिए यूएईको महत्वपूर्ण विकेट, कप्तान वासिम आउट

तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
चैत २, २०७९ बिहिबार १०:५६, काठमाडौँ

आईसीसी विश्वकप त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपाललाई यूएईविरुद्ध दोस्रो सफलता मिलेको छ। 

स्पिनर सन्दीप लामिछानेले कप्तान मुहम्मद वसिमलाई ६३ रनमा एलबीडब्धु धरापमा पार्दै दोस्रो विकेट लिए। 

दोस्रो विकेटका लागि वसिम र वृत्या अरविन्दले ७९ रनको साझेदारी गरेका थिए। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले १७ ओभरको समाप्तीमा २ विकेट गुमाएर  रन बनाएर खेलिरहेको छ। 

यूएईका वृत्या अरविन्द १९ र चुन्डानगापोयिल रिजवानले १ रन बनाएर खेलिरहेका छन्। 

नेपालका ललित राजवंशीले दोस्रो ओभरको पाँचौं बलमा आर्यनलाई बोल्ड आउट गर्दै पवेलयिनको बाटो देखाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .