सहिद स्मारक ए डिभिजन लिगमा आज बुधबार विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपीएफ क्लब भिड्दै छन्।
च्यासल खेल मैदानमा हुने खेल दिउँसो साढे २ बजे सुरु हुनेछ।
लिगमा अपराजित रहेको आर्मी आजको खेलमा सोही नतिजालाई दोहो¥याउने योजनामा हु्नेछ। आर्मीले लिगमा १ खेलमा जित र दुई खेलमा बराबरीको नतिजा ल्याएको छ।
५ अंकमा तालिकाको छैटौँ स्थानमा रहेको आर्मी एपीएफलाई पराजित गर्दै तेस्रो स्थानमा उक्लन चाहन्छ।
यता एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हार भोगेको एपीएफ आर्मीलाई स्तब्ध पार्न चाहन्छ। एपीएफ ४ अंकमा तालिकाको नवौं स्थानमा छ।
गत सिजनबाट विदेशी खेलाडीलाई टोलीमा राखेको एपीएफ आजको खेलमा आर्मीविरुद्ध विशेष रणनितिमा मैदान उत्रिनेछ।
यद्यपि यसअघि शनिबार भएको जावलाखेलसँगको खेलमा अडमा डोयम्बियाले रातो कार्ड पाएपछि एपीएफलाई आजको खेलमा केही असर पर्ने देखिन्छ।
आजै हुने दोस्रो खेलमा मनाङ मस्र्याङदी क्लब र न्यु रोड टिम एनआरटी भिड्नेछन्। खेल दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ।
एक खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको मनाङ ५ अंकमा तालिकाको आठौँ स्थानमा छ।
यता लिगमा जितकोे खाता खोल्न नसकेको एनआरटी तालिकामा पुछारबाट दोस्रो स्थानमा छ। एनआरटी मनाङलाई स्तब्ध पार्दै जितको खाता खोल्न चाहन्छ।
Shares
प्रतिक्रिया