ad ad

खेल


हालान्डको कीर्तिमानी ५ गोलसहित सिटी च्याम्पियन लिगको क्वाटरफाइनलमा

हालान्डको कीर्तिमानी ५ गोलसहित सिटी च्याम्पियन लिगको क्वाटरफाइनलमा

नेपालखबर
चैत १, २०७९ बुधबार ९:२९, काठमाडौँ

एर्लिङ हालान्डको कीर्तिमानी ५ गोलसहित मेनचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ।

प्रि–क्वाटरफाइनलको दोस्रो लिगमा जर्मन क्लब आरबी लेप्जिगमाथि सिटीले ७–० को फराकिलो गोलअन्तरले जित निकालेको हो। खेलमा गुन्डोगान र ब्रुएनाले १र१ गोल गरेका थिए। 

मंगलबार राति घरेलु मैदान तिहाद स्टेडियममा भएको खेलमा २२ औँ मिनेटमा हालान्डको पेनाल्टीबाट सिटीले अग्रता लिएको थियो। त्यसको दुई मिनेटपछि उनले अर्को गोल थपेका थिए। पहिलो हाफको एन्ज्युरी समयमा उनले ह्याट्रिक र खेलको ५३ औँ र ५७ औँ मिनेटमा थप २ गोल गरे।

एउटै खेलमा पाँच गोल गरी हालान्डले लिगमा सबैभन्दा छिटो ३० गोल गर्ने खेलाडीको कीर्तिमानी बनाएका छन्। यसअघि यो कीर्तिमानी अर्जेन्टिनाका लियोनल मेसी र ब्राजिलका लुइस एड्रियानोले एकै खेलमा पाँच गोल गरी कीर्तिमानी बनाएका थिए।

यही खेलबाट २३ वर्षीय हालान्डले सिटीबाट एकै सिजनमा ३९ गोल गर्ने खेलाडीको कीर्तिमानी पनि बनाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .