ad ad

खेल


लिग–२ : यूएईविरुद्धको खेलमा नेपालको खराब सुरुवात

लिग–२ : यूएईविरुद्धको खेलमा नेपालको खराब सुरुवात

नेपालखबर
फागुन २८, २०७९ आइतबार १०:१५, काठमाडौँ

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत संयुक्त अरब एमिरेन्ट्स (यूएई) विरुद्धको जारी खेलमा नेपालले खराब सुरुवात गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ९ ओभरको समाप्तिमा  ३ विकेटको क्षतिमा ३० रन बनाएर खेलिरहेको छ। 

अहिले कप्तान रोहित पौडेल ९ र भिम सार्की ४ रनमा नटआउट छन्।

घरेलु टोली नेपालले आठौँ ओभरमा नै तिन विकेट गुमाएको छ। पाँचौँ ओभरमा दुवै ओपनरलाई गुमाएको नेपाले आठौं ओभरको पहिलो बलमा कुशल मल्ललाई पनि गुमाएको छ। 

ओपनर आशिफ शेख १.५ ओभरमा आर्यन लाक्राको हातबाट शून्य रनमा बोल्ड आउट भए। कुशल भुर्तेल ४.३ ओभरमा ८ रन बनाउँदा एलबीडब्लु धरापमा परे। 

कुशल मल्ल ९ रन बनाउँदा क्याच आउट भए। १५ बलको सामना गरेका मल्लले २ चौका हाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .