ad ad

खेल


पीएनजीविरुद्ध नेपाल ५२ रनले विजयी, अब तीन खेल जिते विश्वकप छनौटमा

पीएनजीविरुद्ध नेपाल ५२ रनले विजयी, अब तीन खेल जिते विश्वकप छनौटमा

पीएनजीविरुद्धको खेलका क्रममा नेपाली टोली। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन २५, २०७९ बिहिबार १६:३८, काठमाडौँ

आइसीसी विश्वकप लिग डिभिजन २ अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको छ।

आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्यु गिनीलाई ५२ रनले हराएको छ। 

नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पिएनजी ४७.१ ओभरमा २ सय ४५ रन बनाउँदा अलआउट भयो। 

पिएनजीलाई कम स्कोरमा रोक्न सन्दीप लामिछाने एक्लैले ४ विकेट लिए। १० ओभर बलिङ गरेका सन्दीपले १ मेडन राख्दै ३७ रन दिए। 

दिपेन्द्र सिंह ऐरिले २ विकेट लिए। कुशल मल्लले एक विकेट आफ्नो नाममा गरे। 

पीएनजीका ओपनर टोनी उरा ५० रनमा क्याच आउट भए। कप्तान असद भाला ४२ रनमा क्याच आउट भए। 

किपलिन डोरिगा २६ र रिले हिकुरेले २० रन थपे। चाल्र्स आलिमी १४, हिरिहिरी ८, सेसे बाउ ३ र चाड सोपर शुन्य रनमा आउट भए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४९.१ ओभरमा २ सय ९७ रन बनाउँदा अलआउट भयो। 

नेपालले गतवर्ष मार्च २६ मा घरेलु मैदानमा भएको ओडीआई सिरिजमा पीएनजीलाई नै २७८ रनको विजयी लक्ष्य दिएको थियो। 

पहिलो विकेटका लागि ओपनर आशिफ शेख र कुशल भुर्तेलले १८.४ ओभरमा ११० रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए।

पहिलो विकेटका लागि आशिफ र कुशलले गरेको साझेदारी दोस्रो ठुलो साझेदारी हो। यसअघि कुशल र आशिफले नै पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरेका थिए। 

११० बलको सामना गरेका आशिफ १२ चौका र २ छक्का हान्दै ११० रनमा क्याच आउट भए।

आशिफले १०१ बलमा १० चौका र २ छक्का हान्दै शतक पुरा गरे। ३५ औँ ओभरको अन्तिम बलमा आशिफले करियरको पहिलो शतक हाने।

पीएनजीसँग कै खेलमा राष्ट्रिय टोलीमा डेब्यु गरेका आशिफले पीएनजीविरुद्ध नै करियरको पहिलो शतक हाने। 

ओडीआई करियरको १ हजार रन पूरा गरेका आशिफले इन्टरनेशनल करियरकै पहिलो शतक हाने। समग्रमा आशिफको यो चौथो शतक हो।

उनले यसअघि घरेलु क्रिकेटमा २ शतक हानेका थिए। पीएनजीसँगकै अभ्यास खेलमा उनले एक शतक हानेका थिए। 

ओडीआई क्रिकेटमा नेपालको तर्फबाट शतक हान्ने आशिफ पाँचौँ खेलाडी हुन्। यसअघि पारस खड्का, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले शतक हानेका थिए। 

पीएनजीसँगको खेलमा नै १ हजार रन पुरा गरेका आशिफ नेपालको तर्फबाट ओडिआइमा १ हजार रन पुरा गर्ने दोस्रो खेलाडी बने। यसअघि कप्तान रोहित पोडेलले १ हजार रन पुरा गरेका थिए। 

अर्का ओपनर कुशल ४५ रनमा क्याच आउट भए। कप्तान रोहित पौडेल ३०, आरिफ शेख १५, ज्ञानेन्द्र मल्ल ११, करण केसी ८ र कुशल मल्ल २ रनमा क्याच आउट भए। दिपेन्द्र सिंह ऐरि ७ रनमा रनआउट भए। सन्दीप लामिछाने ७ रनमा क्याच आउट भए। 

भीम सार्की ४४ रनमा क्याच आउट भए। ३८ बलमा ४ चौका हाने। सोमपाल कामी ४ रनमा नटआउट रहे। 

पीएनजीका सिमो कामिया एक्लैले ५ विकेट लिए। उनले ९.१ ओभरमा ३८ रन दिए। रिले हेकुरे एक्लैले ३ विकेट आफ्नो नाममा गरे।

नेपालले अब तीन खेल जितेमा विश्वकप छनौट यात्रा तय गर्नेछ। अब बाँकी एक खेल जितेमा नेपालले एक दिवसीय पनि सुरक्षित गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .