ad ad

खेल


आशिफ र रोहित दुवै आउट भएपछि नेपाललाई दबाब

आशिफ र रोहित दुवै आउट भएपछि नेपाललाई दबाब

आशिफ शेख रन लिने क्रममा। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन २५, २०७९ बिहिबार १२:२०, काठमाडौँ

नेपाली स्कोर उकासेर ओपनर आशिफ शेख र कप्तान रोहित पौडेल आउट भएका छन्।

नेपालका लागि एक दिवसीयतर्फ पहिलो शतक बनाएका ओपनर आशिफ ११० बलमै ११० रन बनाएर आउट भएका छन्। 

उनले ब्याटिङका क्रममा १२ चौका र २ छक्का पनि हानेका थिए।

उनलाई साथ दिएका कप्तान रोहित पौडेल पनि ३९ बलमा ३० रन बनाउँदै आउट भएका छन्। उनले २ चौका र १ छक्का पनि हानेका छन्।

नेपालका लागि दोस्रो धेरै स्कोर कुशल भुर्तेलले बनाए। उनले ५६ बलमा ४५ रन बनाएका छन्। 

पछिल्लो पटक नेपालका दीपेन्द्र सिंह ऐरी पनि आउट भएका छन्। उनी तीन बलमा ७ रन बनाएको अवस्थामा रन आउट हुँदै पवेलियन फर्किए।

अहिले क्रिजमा भीम सार्की र आरिफ शेख रहेका छन्। नेपालले ताजा अवस्थामा ४० ओभर खेल्दै ६ विकेटको क्षतिमा २२३ रन बनाइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .