ad ad

खेल


घरेलु मैदानमा लिग २ : नेपालको मध्यम सुरुवात, प्रतिश जिसीको ठाउँमा कुशल भुर्तेल

घरेलु मैदानमा लिग २ : नेपालको मध्यम सुरुवात, प्रतिश जिसीको ठाउँमा कुशल भुर्तेल

नेपालखबर
फागुन २५, २०७९ बिहिबार १०:१०, काठमाडौँ

आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिज अन्तर्गत पपुवा न्यु गिनीसँगको खेलमा नेपालले मध्यम सुरुवात गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ६ ओभरको समाप्तीमा विना विकेटको क्षति २८ रन बनाएर खेलिरहेको छ। 

ओपनर कुशल भुर्तेल ९ र आशिफ शेख १८ रन बनाएर खेलिरहेका छन्। कुशलले १९ बलमा १ चौका हाने। आशिफले १७ बलमा २ चौका र १ छक्का हाने। 

नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। तिव्र गतिका बलर प्रतिश जिसीको स्थानमा ब्याटर कुशल भुर्तेललाई खेलाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .