बोरुसिया डर्टमुन्डलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
गएराति घरेलु मैदानमा भएको अन्तिम १६ को दोस्रो लेगमा डर्टमुन्डलाई २–० (समग्रमा २–१) ले हराउँदै अन्तिम ८ को बाटो तय गरेको हो।
लिगको क्वार्टरफाइनलमा पुग्नका लागि डर्टमुन्डलाई बराबरीको नतिजा नै पर्याप्त हुने अवस्थामा चेल्सीको मैदानमा उसको जादु चल्न सकेन। चेल्सी पहिलो लेगमा डर्टमुन्डसँग १–० ले पराजित भएको थियो।
पहिलो हाफको ४३ औँ मिनेटमा रहिम स्र्टलिंङले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए।
खेलको ५३ औँ मिनेटमा चेल्सीले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पार्यो।
पेनाल्टी एरियामा ह्याण्ड भएपछि भिएआरको सहायतामा रेफ्रिले चेल्सीलाई पेनाल्टीको अवसर दिएका थिए। जसमा काइ हार्भट चुकेनन् र चेल्सीलाई अन्तिम ८ मा पुर्याए।
गएराति कै अर्को खेलमा क्लब ब्रुग्समाथि ५–१ (समग्रमा ७–०) को सानदार जित निकाल्दै बेन्फिका क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
पहिलो लेगमा २–० को नतिजा निकालेको बेन्फिकाले दोस्रो लेगमा घरेलु मैदानमा ५–१ को निकालेको हो।
Shares
प्रतिक्रिया