ad ad

समाज


सर्लाहीमा बाख्रा गोठालो गएका व्यक्ति मृत फेला, हत्या भएको आशंका

सर्लाहीमा बाख्रा गोठालो गएका व्यक्ति मृत फेला, हत्या भएको आशंका

नेपालखबर
फागुन २४, २०७९ बुधबार ७:५४, सर्लाही

सर्लाहीको ईश्वरपुरमा बाख्रा गोठालो गएका एक व्यक्ति मृत फेला परेका छन्।

ईश्वरपुर नगरपालिका–१३ श्रीनगर निवासी ५५ वर्षीय चुलाइ महतो मंगलबार दिउँसो जंगलमै मृत फेला परेका हुन्।

सोमबार दिउँसो बाख्रा लिएर उनी नजिकैको सागरनाथ वन विकास परियोजनाको जंगलतिर लागेका थिए। 

सोमबार रातिसम्म पनि महतो घर नफर्किएपछि स्थानीयबासीले मंगलबार बिहान प्रहरीलाई खबर गरेका थिए।

प्रहरी र स्थानीयले खोजी गर्नेक्रममा मंगलबार दिउँसो शंकास्पद अवस्थामा महतोको शव स्थानीय सागरनाथ जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिए। 

मुख, आँखा र शरीरको भित्री भागमा चोट लागेको अवस्थामा उनको शव भेटिएको हो। 

जंगलमा बेहोस अवस्थामा फेला परेका महतोलाई प्रहरीले तत्कालै मोडेल अस्पताल लालबन्दी पुर्यांदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

मृतक महतोको शव पोष्टमार्टमका लागि मंगलबार राति नै प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। 

‘मृतकको शरीरमा चोटपटकसमेत रहेकाले महतोलाई कसैले आक्रमण गरेको आशंका छ,’ डीएसपी राईले नेपालखबरसँग भने, ‘हामीले घटनाको सुक्ष्म अनुसन्धान अघि बढाएका छौँ।’  

अविवाहित महतोको घरमा एक्लै बस्ने गरेका स्थानीयले बताएका छन्। 

एक स्थानीयका अनुसार उनमा राम्ररी बोल्न नसक्ने वौद्धिक अपांगता थियो। उनले चराउन लिएर गएकामध्ये केही बाख्रा घर फर्किएर आए पनि धेरै बाख्रा अझै आएका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .