फुटबलका अञ्जन विष्ट र भलिबलकी अरुणा शाही वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन्।
नेपाल खेलकुद पत्रकार मञ्चले गरेको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७८’ मा महिला र पुरुषबाट विष्ट र शाही वर्ष खेलाडी घोषित भएका हुन्।
मंगलवार काठमाडौंमा भएको कार्यक्रममा उनीहरुलाई उक्त अवार्ड प्रदान गरिएको हो। अञ्जनले क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल र फुटबलका किरणकुमार चेम्जोङ पछि पारे।
अञ्जनले माल्दिभ्समा गत वर्ष भएको साफ च्याम्पियनसिपमा नेपाललाई पहिलो पटक फाइनलमा पुर्याउन मद्दत गरेका थिए।
विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोटअन्तर्गत समूह बीमा चाइनिज ताइपेइबिरुद्ध उनले ऐतिहासिक गोल गरेका थिए।
१३ औँ साफ च्याम्पिन्सीसपमा श्रीलङ्का र बङ्गलादेशबिरुद्ध उनले गोल गरेका थिए। यस्तै उनी एनएसलमा सर्वश्रेष्ठ फरवार्ड पनि चुनिएका थिए। उनले अवार्डसँगै बजाज पल्सर मोटरसाइल प्राप्त गरे।
त्यस्तै वर्ष महिला खेलाडीका अवार्ड नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले जितिन्।
वर्ष महिला खेलाडी घोषित भलिबलकी अरुणाले क्रिकेटका सीता रानामगर र रुविना क्षेत्री, एथ्लेटिक्सकी पुष्पा भण्डारी र बक्सिङ पुनम रावललाई पछि पारिन्।
अरुणाकै कप्तानी नेपालले बंगलादेश सम्पन्न एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनपिको उपाधि जितेको थियो। अरुणाले अवार्डसँगै बजाज पल्सर मोटरसाइल प्राप्त गरिन्।
पिपुल्स च्वाइस विधाको अवार्ड भलिबलकी उषा भण्डारीले जितिन्।
उषाले मनोनयनमा परेका फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा बिष्ट र पौडीकी डुवाना लामालाई पछि पारिन्।
पिपल्स च्वाइस विधाको लागि ईसेवाको मतभार ५० प्रतिशत रहेको थियो। त्यसैगरी, सामाजिक सञ्जाल (फेसबुक लाइक) को मतभार २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षकको मतभार १२ दशमलव ५ प्रतिशत र खेलपत्रकारको मतभार १२.५
प्रतिशत थियो।
नेपाली राष्ट्रिय भलिबल टोलीकी महत्वपूर्ण सदस्य उषाले नेपालमा आयोजना भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) नेपाली महिला भलिबल टोलीले रजत जित्दा सदस्य थिइन्।
उनले यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन्। यस्तै लाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पियन रघुराज वन्तलाई प्रदान गरिएको छ।
उनले लाइफटाइम एचिभमेन्ट अवार्डसँगै वन्तले नगद ५० हजार प्राप्त गरे। यस्तै युवा खेलाडीको अवार्ड फुटबलर मनिष डाँगीले जिते।
अन्तर्राष्ट्रिय फुटबल पदार्पणमा एशियाकै हेभिवेट फुटबल राष्ट्र इराकबिरुद्ध उनले गरेको गोल उत्कृष्ट थियो। साफ फुटबल च्याम्पियन्सिपको उद्घाटन खेलमा आयोजक माल्दिभ्सविरुद्ध उनैले निर्णायक गोल गरेका थिए।
ओलम्पियन पारा खेलाडी पलेशा गोवर्द्धन श्रेष्ठले पारा एथलिट अवार्ड प्रदान पाएकी छन्।
जापानमा भएको टोकियोमा भएको पारालिम्पिक्समा पनि पलेशाले दुई फाइट जितेकी थिइन्। पारा ओलम्पिकमा दुई फाइट जित्ने पनि उनी पहिलो खेलाडी हुन्।
पलेशाले एशियन युथ पारा गेम्सको तेक्वान्दोमा स्वर्ण पदक जितेकी थिइन्। बहराइनको मानमामा भएको एसिया युथ पारामा पलेशाले ५७ केजीमुनि ४४ मा स्वर्ण पदक जितेकी थिइन्।
एसियन युथ पारामा स्वर्ण पदक जित्ने उनी पहिलो नेपाली हुन्। यस्तै वर्षको उत्कृष्ट प्रशिक्षक राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक अब्दुल्लाह अलमुताइरी घोषित भए।
अलमुताइरीको प्रशिक्षणमा नेपालले पहिलो पटक एएफसी एशियन कप २०२३ को छनोटको तेस्रो चरणसम्म पुगेको थियो।
उनकै प्रशिक्षणमा नेपाल एशिया कपको छनोटसम्म पुगेको थियो। माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनसिपमा नेपालले पहिलो पटक फाइनलमा पुगेर इतिहास बनाउन उनी टोलीका प्रमुख प्रशिक्षक थिए।
वर्षको उत्कृष्ट प्रशिक्षक बन्ने क्रममा अलमुताइरीले भलिबलका जगदिशप्रसाद भट्ट, बक्सिङका दीपक महर्जन, पारा तेक्वान्दोका कविराज नेगी लामा र क्रिकेटका देव ह्वाटमोरलाई पछि पारे।
Shares
प्रतिक्रिया